मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

स्वास्थ्यमन्त्रीले विभागीय प्रमुखलाई भने : वर्षा सुरु भयो, सम्भावित स्वास्थ्य महामारीको नियन्त्रणको तयारी थाल्नु

स्वास्थ्यमन्त्रीले विभागीय प्रमुखलाई भने : वर्षा सुरु भयो, सम्भावित स्वास्थ्य महामारीको नियन्त्रणको तयारी थाल्नु

images
२०८२ जेठ ११ गते, आइतवार
२०८२ जेठ ११ गते, आइतवार
  • काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्षा सुरु भएसँगै देखिन सक्ने स्वास्थ्य महामारीको नियन्त्रणका लागि तयारी थालेको छ।

    images

    वर्षा सुरु भएसँगै संघ, प्रदेश तथा स्थानीय तहमा आउन सक्ने सम्भावित महामारी नियन्त्रणमा राख्ने गरि मन्त्रालयले महामारीपुर्व नै तयारीका लागि समन्वय गर्न पहल थालेको हो। त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सक्रियता देखाएका छन्।

    images

    मन्त्रालयमा महामारीजन्य विपद्को नियन्त्रणको तयारीमा सक्रिय विभिन्न विभाग तथा महाशाखा प्रमुखहरुसँग आइतबार बैठक गर्दै मन्त्री पौडेलले समयमै सजगता अपनाउन र आवश्यक तयारी थालिहाल्न आग्रह गरे।

    ‘वर्षाको सिजन शुरु भैसकेको छ,’ उनले भने, ‘पानी तथा कीटजन्य महामारीबाट जोगिन आ आफ्नो तर्फबाट आजै तयारी थाल्नुहोला।’

    मन्त्री पौडेलले विपद् आए पछि मात्र सक्रियता देखिने प्रचलन रहेको भन्दै यसपाली त्यसो हुन नहुने बताए।

    बैठकमा मन्त्री पौडेलले डेंगी फैलन नदिन अहिल्यैदेखि लामखुट्ने नियन्त्रण अभियानको तयारी अघि बढाउन आग्रह गरे।

    यसैगरी, झाडापखाला, टाइफाइड, ज्वरोलगायतका महामारी वर्षापछि दुषित पानीका कारण फैलन सक्ने भन्दै सचेतनादेखि सजगताका लागि सबै काम थाल्न मन्त्री पौडेलले आग्रह गरे।

    मन्त्रालयले भारतलगायतका देशमा कोभिड देखिएकाले सीमा नाकामा कडाइका लागि पर्याप्त व्यवस्थापन गर्न आवश्यक रहेकाले तीन वटै सरकारसँग समन्वय गर्ने गरी काम अघि बढाइरहेको उनले बताए।

    मन्त्री पौडेलले महामारी कोष प्रभावकारी बनाएर समयमै नागरिकले राहत पाउने गरी काम हुनुपर्नेमा जोड दिए।

    बैठकले महामारी नियन्त्रणका लागि चाँडै वडा तहसम्मै प्रभावकारी रुपमा पुग्ने गरी तीनै तहको समन्वयात्मक बैठक डाक्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend