काठमाडौं। नेपाल फार्मेसी संघको अध्यक्षमा युवराज भुसाल निर्वाचित भएका छन।
शनिबार काठमाडौंमा सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनबाट भुसालको नेतृत्वमा संघको २३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो। भुसाल यसअघिको कार्यसमितिमा महासचिवको जिम्मेवारीमा थिए।
मुख्य निर्वाचन अधिकृत अमृत खनालका अनुसार संघको उपाध्यक्षमा तीन जना चुनिएका छन। जसअनुसार टेकबहादुर विक, मिना भट्ट र महेश्वर पोखरेल शिव उपाध्यक्षमा चुनिएका हुन। यस्तै महासचिवमा सुवर्णराज पन्तलाई चयन गरिएको छ।
यसैगरी संघमा ७ वटा सचिव पदमा कविन मलेकु, सुन्दर आचार्य, रामप्रसाद कोइराला, विनोद पन्त, ध्रुवकुमार शर्मा, नवीन धामी, कृष्णमुरारी शुक्ला निर्वाचित भएका छन भने कोषाध्यक्ष पदमा यदुप्रसाद पन्त र सह कोषाध्यक्षमा विष्णु कंडेल निर्वाचित भएका छन्।
यस्तै कार्यसमिति सदस्यहरुमा ओमकार अर्याल, गोविन्द तिवारी, सुशील सिग्देल, दिनेश जोशी, विजय फुल्लेल, विकास केसी, अर्जुन कार्की र शिवकुमार मिश्र निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।



