मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

काठमाडौं महानगरपालिका वडा नं १९ मा नि:शुल्क आँखा शिविर

काठमाडौं महानगरपालिका वडा नं १९ मा नि:शुल्क आँखा शिविर

images
२०८२ जेठ १० गते, शनिवार
२०८२ जेठ १० गते, शनिवार
  • काठमाडौं। काठमाडौं महानगरपालिका वडा नम्बर १९ को आयोजनामा वडाका नागरिकलाई लक्षित गर्दै नि:शुल्क आँखा परिक्षण शिविर आयोजना गरिएको छ।

    images

    नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको सहकार्यमा भएको आँखा परिक्षण कार्यक्रममा २३४ जनाले आँखा जाँच गराएको वडा अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिए।

    images

    शिविरमा आँखा सम्बन्धी जाँच, परामर्श वा उपचार सेवा निःशुल्क रूपमा उपलब्ध गराइएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिएका हुन।

    यसअघि वडाका नागरिकको स्वास्थ्य अवस्था चेकजाँचको लागि उच्च रक्तचाप र मधुमेहजस्ता दीर्घरोग परीक्षण शिविरको आयोजना गरेको जानकारी दिदै अध्यक्ष श्रेष्ठले वडाका कोही पनि नागरिकले आँखासम्बन्धी समस्याका कारण कुनैपनि दुर्घटना व्यहोर्नु नपरोस भन्ने मुल लक्ष्य लिइएको बताए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend