मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

स्वास्थ्य क्षेत्रलाई ब्यवस्थित बनाउन क्रियाशील छु : स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य क्षेत्रलाई ब्यवस्थित बनाउन क्रियाशील छु : स्वास्थ्यमन्त्री पौडेल

images
२०८२ जेठ १० गते, शनिवार
२०८२ जेठ १० गते, शनिवार
  • मोरङ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आफू स्वास्थ्य क्षेत्रलाई ब्यवस्थित बनाउन क्रियाशील रहेको बताएका छन।

    images

    १८औं गणतन्त्र दिवसका सन्दर्भमा मोरङको धनपालथान गाउँपालिका ३ सोराभागमा आयोजित बृहत् स्वास्थ्य शिविरको उद्घाटन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन।

    images

    उनले आमजनताले लोकतन्त्रको अनुभूति गर्नेगरी स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउन आफू लागिरहेको बताए। स्वास्थ्य क्षेत्रका बेथिति अन्त्य गरी आम नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न राज्यले लगानी बढाउनुपर्नेमा समेत उनले जोड दिए।

    मन्त्री पौडेलले अन्तरराष्ट्रिय अभ्यासअनुसार नागरिकको लगानीमा बिमामार्फत नागरिकले निःशुल्क स्वास्थ्य सेवा पाउने स्थिति बनाउनु पर्ने भन्दै आफू स्वास्थ्य बीमामा नागरिकको पहुँच बढाउन लागिपरेको पनि स्पष्ट पारे।

    आगामी वजेटमार्फत सम्पुर्ण संगठित क्षेत्रलाई स्वास्थ्य मन्त्रालयले बिमामा जोड्ने प्रस्ताव गरेको जानकारी दिंदै पौडेलले वैदेशिक रोजगारीमा गएकाले श्रम गर्ने  देशबाट नै सम्पूर्ण स्वास्थ्य उपचार पाउनुपर्ने, स्वास्थ्य कर र राज्यले दिएका सुविधा बिमामा जोडनु पर्ने प्रस्ताव पेस गरेको बताए।

    शिविरमा न्यूरो कार्डियो मल्टिस्पेशियलिटी हस्पिटलका चिकित्सकसहित ५० जना स्वास्थ्यकर्मीले क्षयरोग, न्यूरो, हाडजोर्नी,  ग्यास्ट्रोलोजी,  स्त्री रोग, आँखा, चर्म, श्वासप्रश्वास, रगत परीक्षण लगायतका सेवा प्रदान गरेका थिए।

    गणेशमानसिंह फाउण्डेशन, नेपाल रेडक्रस सोसाइटी र लायन्स क्लब अफ विराटनगरले मोरङको धनपालथान गाउँपालिका ३ सोराभागमा संयुक्तरूपमा बृहत् स्वास्थ्य शिविरको आयोजना गरेका हुन।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend