मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

राष्ट्रिय चिकित्सक संघ नेपालको अध्यक्षमा गौचन सर्वसम्मत

राष्ट्रिय चिकित्सक संघ नेपालको अध्यक्षमा गौचन सर्वसम्मत

images
२०८२ जेठ १० गते, शनिवार
२०८२ जेठ १० गते, शनिवार
  • चितवन। राष्ट्रिय चिकित्सक संघ नेपालको अध्यक्षमा प्राडा विकास गौचन निर्वाचित भएका छन्।

    images

    चितवनमा शनिबार सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनले संघको आगामी नेतृत्वका लागि गौचनलाई सर्वसम्मत निर्वाचित गरेको हो। संघको उपाध्यक्षमा डा मिलन गैह्रे, डा महेश महासेठ र डा चण्डिका पण्डितलाई चयन गरेको छ।

    images

    यस्तै महासचिवमा डा सम्राट पराजुली चुनिएका छन। सम्मेलनले कुल ४१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको निर्वाचन समिति संयोजक रामहरि ढकालले जानकारी दिए।

    ढकालका अनुसार संघको सचिवमा डा अरुण उप्रेती, डा अमन न्यौपाने, डा अधिराज आचार्य र डा वर्षा थापा चयन भएका छन्।केन्द्रीय कार्यसमितिमा ९ जना पदाधिकारी छन भने बाँकी ३२ जना केन्द्रीय सदस्यहरु रहेका छन।

    नव निर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ। सम्मेलनमा दुई सय बढी सहभागी थिए। राष्ट्रिय चिकित्सक संघ नेकपा एमाले निकट चिकित्सकहरुको संस्था मानिन्छ। 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend