मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भक्तपुर क्यान्सर अस्पतालको आयोजनामा पाँचथरमा महिलाहरुको स्तन तथा पाठेघरको क्यान्सरको स्क्रिनिङ

भक्तपुर क्यान्सर अस्पतालको आयोजनामा पाँचथरमा महिलाहरुको स्तन तथा पाठेघरको क्यान्सरको स्क्रिनिङ

images
२०८२ जेठ ९ गते, शुक्रवार
२०८२ जेठ ९ गते, शुक्रवार
  • फिदिम। भक्तपुर क्यान्सर अस्पतालको आयोजनामा पाँचथरको फिदिमस्थित जिल्ला अस्पतालमा महिलाहरूको स्तन तथा पाठेघरको क्यान्सरको स्क्रिनिङ शुरु गरिएको छ।

    images

    बिहीबार इलामबाट शुरु गरिएको महिलाहरुको स्तन तथा पाठेघरको क्यान्सरको स्क्रिनिङ शुक्रबार फिदिम जिल्ला अस्पतालमा आयोजना हुँदैछ। 

    images

    भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा उज्जवल चालिसेले पुर्वी नेपालको इलामबाट शुरु गरिएको स्क्रिनिङ शुक्रबार र शनिबार पाँचथरमा आयोजना हुने जानकारी दिए। उनका अनुसार पाँचथरका महिलाहरूले नि:शुल्क रुपमा यो सेवा लिन सक्ने छन।

    फिदिम नगरपालिकाको सहयोगमा आयोजना भैरहेको स्क्रिनिङ बिहान ८ बजेबाट सुरु भएको हो। फिदिम नगरपालिकाका नगरप्रमुख मित्रप्रसाद काफ्लेले ग्रामीण क्षेत्रका महिलाहरूका लागि स्तन तथा पाठेघरको क्यान्सरको स्क्रिनिङ निकै उपयोगी हुने बताए।

    नगरप्रमुख काफ्लेका अनुसार जिल्लाभरबाट दुई हजारभन्दा बढी महिलाले यो शिविरबाट सेवा लिन सक्ने छन। 

    शिविरमा भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा चालिसेको नेतृत्वमा १८ जना क्यान्सर विशेषज्ञ चिकित्सकहरूको टोली खटिएका छन।

    डा. चालिसेले शिविरमा आएका सबै सेवाग्राहीलाई परिक्षण सहित आवश्यक परामर्श प्रदान गरिने जानकारी दिए। यस्तै शिविरमा परिक्षणका क्रममा समस्या देखिएकाहरुलाई औषधि समेत नि:शुल्क रुपमा उपलब गराइने उनको भनाइ छ।

    तर परिक्षणका क्रममा धेरै समस्या देखिएकाहरुलाई भने थप उपचारका लागि अन्यत्र रेफर गरिने छ। यस्तै जटिल समस्या देखिएकाहरुलाई भक्तपुरस्थित अस्पतालमा नै बोलाएर थप उपचार सेवा प्रदान गरिने डा चालिसेले जानकारी दिए।

    शुक्रबार बिहान आयोजित विशेष कार्यक्रममा फिदिम नगरप्रमुख काफ्लेले शिविरको औपचारिक उद्घाटन गरेका हुन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend