मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

चन्द्रागिरिमा `सेटेलाइट´ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बन्ने, प्रारम्भिक खाका स्वीकृत

चन्द्रागिरिमा `सेटेलाइट´ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बन्ने, प्रारम्भिक खाका स्वीकृत

images
२०८२ जेठ ८ गते, बिहिवार
२०८२ जेठ ८ गते, बिहिवार
  • काठमाडौं। काठमाडौंको चन्द्रागिरिमा २५ शैयाको सेटेलाइट प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बन्ने भएको छ।

    images

    चन्द्रागिरि नगरपालिका ४ थानकोटमा २५ शैयाको सेटेलाइट प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन बुधबार प्रारम्भिक खाका स्वीकृत भएको हो। सो अस्पताल थापाथलीस्थित परोपकार प्रसुती गृहको `स्याटेलाइट´ अस्पतालका रुपमा रहने छ।

    images

    जर्मन सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा बन्ने सो ‘स्याटेलाइट’ अस्पतालका लागि जर्मन विकास बैँक (केएफडब्लु) ले प्रारम्भिक खाका स्वीकृत गर्दै विस्तृत खाकाको तयारी थालेको छ। सो अस्पताल १ अर्ब लगानी  सहयोगमा बन्ने छ।

    अस्पताल भवन बनाउन चन्द्रागिरि नगरपालिका र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबीच आपसी समझदारी भएको थियो।

    विस्तृत खाका तयार गर्नका लागि केएफडब्लुको केन्द्रीय कार्यालय जर्मनीको प्रतिनिधिमण्डलले बुधबार नै अस्पताल बन्ने स्थानको अवलोकन गर्दै नगरपालिका प्रमुख घनश्याम गिरि लगायत अन्य प्रतिनिधिहरुसँग छलफलसमेत गरेको छ।

    सो क्रममा नगर प्रमुख गिरिले नगरपालिजाका तर्फबाट अस्पताल निर्माणका लागि सबै किसिमको सहयोग र सहकाय खुला हुने बताए।

    केएफडब्लुका तर्फबाट सहभागी मिसेल स्वीपर, प्राडा योर्क ह्युकेल्बक, रेबिक्का ट्रेइगर, निकोल आना पास्कल जिनेन र स्टुआर्ट किङले नगर प्रमुख गिरिसँग अस्पताल निर्माण हुने स्थलको भौगोलिक अवस्था, नगरको स्वास्थ्य अवस्था र अस्पताल निर्मान हुँदा पर्ने प्रभावका बारेका जिज्ञासा राखेका थिए।

    अब विस्तृत खाकाको तयारी सकिएपछि अस्पतालको निर्माण प्रक्रिया बोलपत्र आह्वानको बाटोमा अघि बढ्ने छ।

    छलफल कार्यक्रममा नगर उपप्रमुख बसन्ती श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापामगर, नगर प्रवक्ता कृष्णप्रसाद खड्गी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य एवं कर्मचारीको उपस्थिति थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend