मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नेपालमा अन्तर्राष्ट्रिय `क्लाइमेट हेल्थ समिट´ गर्न प्रस्ताव

नेपालमा अन्तर्राष्ट्रिय `क्लाइमेट हेल्थ समिट´ गर्न प्रस्ताव

images
२०८२ जेठ ८ गते, बिहिवार
२०८२ जेठ ८ गते, बिहिवार
  • काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा अन्तर्राष्ट्रिय क्लाइमेट हेल्थ समिट गर्न प्रस्ताव  गरिएको बताएका छन।

    images

    विश्व स्वास्थ्य संगठनको जेनेभामा सम्पन्न ७८ औं सम्मेलनमा  सहभागी भएर बिहीबार बिहान स्वदेश फर्किएका मन्त्री पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसँगको संवादमा नेपालमा आगामी वर्ष अन्तर्राष्ट्रिय क्लाइमेट हेल्थ समिट गर्न प्रस्ताव गरेको बताए।

    images

    `मैले विश्व स्वास्थ्य संगठन समक्ष आगामी वर्ष नेपालमा अन्तर्राष्ट्रिय क्लाइमेट हेल्थ समिट गर्न प्रस्ताव गरेको छु, यो प्रस्तावलाई विश्व स्वास्थ्य संगठनको नेतृत्वले सकारात्मक रुपमा लिएको पाएको छु, सगरमाथाको देशमा क्लाइमेट हेल्थको विषय फरक हुने हुँदा यो जरुरी छ।´ मन्त्री पौडेलले भने।

    उनले सम्मेलन उपलब्धिमुलक भएकोपनि बताए। नेपालले सुर्तीजन्य पदार्थ सम्बन्धि गरेको निर्णय संसारमा नै पहिलो भएको भन्दै सम्मेलनमा प्रशंसा र सम्मान प्राप्त गरेको उनले जानकारी दिए।

    `सुर्तीजन्य पदार्थको खोल वा बट्टामा शतप्रतिशत चेतनामूलक चित्र राखिनेमा नेपाल संसारमा नै पहिलो मुलुक रहेछ, त्यसका लागि नेपाललाई सम्मान प्राप्त भएको छ।´उनले भने।

    यसैगरी सम्मेलनमा चीन, भारत तथा बेलायतका प्रतिनिधि मण्डल सँग स्वास्थ्य सेवा सुधारका लागि सहयोग आदानप्रदान गर्ने विषयमा कुराकानी भएको र त्यसले छिटै औपचारिकता प्राप्त गर्ने मन्त्री पौडेलले जानकारी दिए।

    यस्तै बंगलादेश, श्रीलंका, माल्दिभ्स तथा नर्वेको प्रतिनिधि मण्डलसँग पनि सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्री पौडेलको भनाइ छ।

    विश्व स्वास्थ संगठनको मन्च साझा मन्च भएको भन्दै उनले नेपाल जस्तै आर्थिक हैसियत भएका देशहरुको नेतृत्व गरेर आगामी दिनमा अघि बढ्ने पनि बताए।

    स्वीट्जरल्याण्डको जेनेभामा आयोजित विश्व स्वास्थ्य संगठनको ७८ औं सम्मेलनका क्रममा मन्त्री पौडेलले  नेपालका तर्फबाट प्रमुख चार बुँदा प्रस्तुत गर्दै विश्व समुदायको ध्यानाकर्षण गराएका थिए। यस्तै विभिन्न देशका प्रतिनिधि मण्डल सँग साइडलाइन भेटवार्ता भएको थियोे।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend