मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

विश्व स्वास्थ्य सम्मेलनमा नेपालले उठायो मुख्य चार बुँदा

विश्व स्वास्थ्य सम्मेलनमा नेपालले उठायो मुख्य चार बुँदा

images
२०८२ जेठ ७ गते, बुधवार
२०८२ जेठ ७ गते, बुधवार
  • काठमाडौं। स्वीट्जरल्याण्डको जेनेभामा जारी विश्व स्वास्थ्य संगठनको ७८ औं सम्मेलनका क्रममा नेपालका तर्फबाट प्रमुख चार बुँदा प्रस्तुत गर्दै विश्व समुदायको ध्यानाकर्षण गराइएको छ।

    images

    स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जेनेभामा जारी विश्व स्वास्थ्य संगठनको ७८ औं सम्मेलनका क्रममा नेपालका तर्फबाट प्रमुख चार बुँदा प्रस्तुत गरेका हुन।

    images

    उनले प्रस्तुत गरेको मुख्य पहिलो बुँदामा नेपालले आम नागरिकको स्वास्थ्य पहुँचका क्षेत्रमा गरिरहेका प्रयासहरु र  चुनौती तथा दोस्रोमा मातृशिशु मृत्युदर नियन्त्रण, पोलियो उन्मुलन तथा क्यान्सरविरुद्ध सूर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणका दिशातर्फ नेपालले प्राप्त गरेको सफलतालाई प्रस्तुत गरिएको छ।

    यसैगरी तेस्रो बुँदामा नयाँ स्वास्थ्य चुनौतीहरुलाई प्रस्तुत गरिएकी छ। जसमा बढ्दो वृद्ध जनसंख्या, न्यून जन्मदर, आन्तरिक बसाईसराई तथा नसर्ने र मानसिक रोगसँग जुध्दै स्वास्थ्य सेवा पहुँच विस्तार गर्न नेपालले गरिरहेको प्रयासमा विश्वव्यापी सहकार्यको आवश्यकतालाई प्रस्तुत गरिएको छ।

    यसैअन्तिम चौंथो बुँदामा जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पारेका प्रभावबारे हालै सगरमाथा सम्वादमार्फत विश्वको ध्यान आकर्षण गराएको विषय राखिएको छ। जलवायु परिवर्तन सँगै विभिन्न महामारीहरुले नवीन समाधानको खोजी गरिरहेको जसमा विश्व स्वास्थ्य संगठनको भूमिका पहिलेभन्दा अझ महत्वपूर्ण हुने मन्त्री पौडेलले राखेको चौंथो बुँदामा भनिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend