काठमाडौं। नेपाल प्रहरीका ११ जना एसएसपी डीआईजी बढुवाका लागि सिफारिसमा परेका छन।
मंगलबार बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीको जनपद समुह तर्फका ११ जना एसएसपीलाई डीआईजी बढुवा गर्न सिफारिस गरेको हो।
सिफारिस सूचीको पहिलो नम्बरमा सुदर्शनप्रसाद कोइराला परेका छन। यस्तै दोस्रोमा विनोद घिमिरे र तेस्रो नम्बरमा दीपेन्द्र घर्ती क्षेत्रीको नाम सिफारिस भएको छ।
यसैगरी चौंथो नम्बरमा दिपक रेग्मी, पाचौंदेखि क्रमशः माधव प्रसाद श्रेष्ठ, दिलिपसिंह देउवा, दिपक कुमार बस्नेत, ओम बहादुर राना, जयराज सापकोटा, संजिब शर्मा दास र सुरेन्द्र बहादुर गुरुङको नाम बढुवाका लागि सिफारिस गरिएको छ।
जनपद प्रहरी तर्फ रिक्त हुन आउने ती पदमा नाम सिफारिस गरिएको एआईजी एवं बढुवा समितिका सदस्यसचिव दानबहादुर कार्कीले जनाएका हुन।





