मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रौतहटमा हार्डवेयर पसलमा औषधि विक्री, अनुगमन टोलीमाथि आक्रमण

रौतहटमा हार्डवेयर पसलमा औषधि विक्री, अनुगमन टोलीमाथि आक्रमण

images
२०८२ जेठ ६ गते, मंगलवार
२०८२ जेठ ६ गते, मंगलवार
  • रौतहट। रौतहटमा हार्डवेयर पसलमा अवैध रुपमा औषधि विक्री गर्ने गरेको सुचना पाएपछि अनुगमन गर्न गएको सरकारी टोलीमाथि आक्रमण भएको छ। आक्रमणमा परेर दुई कर्मचारी सहित तीन जना घाइते भएका छन।

    images

    औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय वीरगञ्जबाट सोमबार अनुगमनका लागि पुगेको टोलीमाथि रौतहटको राजपुर नगरपालिका ४ मा आक्रमण भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक रुद्रराज कँडेलले जानकारी दिए।

    images

    स्थानीयको आक्रमणबाट विभागका फार्मेसी निरीक्षक ओमप्रकाश जयसवाल र फार्मेसी अधिकृत अमर शर्मा घाइते भएको प्रहरीले बताएको छ। उनीहरू दुवैको अवस्था सामान्य छ।

    अनुगमनका क्रममा प्रतिबन्धित औषधि भेटिएपछि कागजात जाँच गर्दै मुचुल्का तयार गर्दै गर्दा कर्मचारीमाथि स्थानीयले आक्रमण गरेका थिए। सो क्रममा स्थानीय महिला सुमित्रा देवीले कर्मचारीलाई जोगाउन खोज्दा उनीसमेत घाइते भएकी छन। ५५ वर्षीय उनको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ।

    विभागका विभागीय प्रमुख शम्भु साहका अनुसार आक्रमणकारीको भिडले विभागको कागजात समेत खोसेर लगेका छन्।

    अनुगमनमा जिल्ला प्रशासन कार्यालय रौतहटका खरिदार उमेश प्रसाद साह पनि सहभागी थिए। यस्तै जिल्ला प्रहरी कार्यालयबाट कँडेल प्रतिनिधिका रुपमा सहभागी थिए। 

    प्रहरीको सहयोग तथा केही स्थानीयको मद्दतमा अनुगमन टोलीको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयका खरिदार साहले जानकारी दिए।

    रौतहटका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले सो घटनाको विषयमा आवश्यक अनुसन्धान अघि बढाइएको जानकारी दिए। उनले घटनामा संलग्नलाई कानुनी दायरामा ल्याएर कारबाही गरिने बताए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend