मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

परराष्ट्रमन्त्री डा राणा जापान प्रस्थान

परराष्ट्रमन्त्री डा राणा जापान प्रस्थान

images
२०८२ जेठ ६ गते, मंगलवार
२०८२ जेठ ६ गते, मंगलवार
  • काठमाडौं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जापान प्रस्थान गरेकी छन। जापानको टोकियोमा बुधबारदेखि सुरु हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी गएराति त्यसतर्फ प्रस्थान गरेकी हुन।

    images

    मन्त्री डा राणा ज्येष्ठ नागरिकहरुमा हुने सामाजिक एकान्तता सम्बन्धी सो सम्मेलनमा सहभागी भइ नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ।

    images

    एसियाली नागरिकको कल्याण तथा शिक्षाका लागि प्रतिष्ठान (फाउण्डेसन फर द वेलफेयर एण्ड एजुकेशन अफ द एसियन पिपुल) द्वारा आयोजित सो सम्मेलनमा १२ भन्दा बढी देशका मन्त्री, सरकारी उच्च अधिकारी एवं वरिष्ठ सामाजिक अभियन्ताहरुको सहभागिता रहने छ।

    ग्रामीण महिला तथा विकास केन्द्र (रुडुक), सुरक्षित मातृत्व सञ्जाललगायतका संघसंस्थामार्फत् नेपाली महिलाहरुको आर्थिक उत्थान एवं सामाजिक संरक्षणका क्षेत्रमा लामो समयदेखि कार्यरत रहनुभएकी मन्त्री डा राणालाई सो कार्यक्रमको विशेष वक्ताका रुपमा आमन्त्रित गरिएको छ।

    जापानमा रहँदा उनले महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनी आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend