मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

विश्व स्वास्थ्य संगठन नेपाल र स्वास्थ्य पत्रकारबीच सडक सुरक्षाका सवालबारे अन्तरक्रिया

विश्व स्वास्थ्य संगठन नेपाल र स्वास्थ्य पत्रकारबीच सडक सुरक्षाका सवालबारे अन्तरक्रिया

images
२०८२ जेठ ३ गते, शनिवार
२०८२ जेठ ३ गते, शनिवार
  • काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालले नेपालमा स्वास्थ्य पत्रकारिता गरिरहेका पत्रकारहरूसँग सडक सुरक्षा र सचेतनाका सन्दर्भमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

    images

    स्वास्थ्य पत्रकार मञ्च नेपालसँगको समन्वयमा डब्लुएचओको नेपाल कार्यालयले संयुक्त राष्ट्रसङ्घ आठौँ विश्व सडक सुरक्षा सप्ताहको अवसर पारेर शुक्रबार अन्तरक्रिया आयोजना गरेको हो।

    images

    सो क्रममा स्वास्थ्य पत्रकारितामा कलम चलाउने पत्रकारहरुसँग नेपालको सडक र सवारीको अवस्था, दुर्घटनाको कारण, दुर्घटना न्यूनीकरण गर्न सकिने उपाय तथा अन्तर्राष्ट्रिय अभ्यासका विषयमा छलफल भएको थियो।

    कार्यक्रममा नेपालस्थित विश्व स्वास्थ्य संगठनका जनस्वास्थ्य सल्लाहकार डा. गाम्पो दोर्जेले राष्ट्रिय सडक सुरक्षाको समस्या, जोखिम र न्यूनीकरणका बारेमा प्रस्तुती राखेका थिए।

    उनले नेपालका सन्दर्भमा हुने गरेको स्वारी दुर्घटनाको सरकारी तथ्यांक प्रस्तुत गर्दै नेपालको सडकमा सबैभन्दा बढी गुड्ने सवारी साधन दुई पांग्रे मोटरसाइकल र स्कुटर रहेको बताए। यस्तै दुर्घटनाका घटना र मानवीय क्षतीमा पनि दुई पांग्रे सवारीकै कारण बढी हुने गरेको उनको प्रस्तुतीकरणमा समेटिएको तथ्यांकमा उल्लेख छ।

    डा. दोर्जेले नेपालमा मोटरसाइकल तथा स्कुटरमा सवार व्यक्तिले सुरक्षित हेलमेटको सही प्रयोग गर्न नसक्दा मानवीय क्षति बढी हुने गरेको पाइएको बताए। यस्तै मोटरसाइकलमा सवार ब्यक्तिले हेलमेट लगाउँदा चालकले मात्र लगाउने, पछाडी बस्ने ब्यक्ति तथा बालबालिकालाई हेलमेट नलगाइदिने ब्यवहार पनि दुर्घटनाको मानवीय क्षतीको कारक रहेको डा दोर्जेले बताए।

    सो क्रममा उनले आफ्नो सुरक्षाका लागि पनि व्यक्ति स्वयंले सही हेलमेटको सही प्रयोगमा ध्यान दिनु पर्ने भन्दै यसको प्रयोगले सडक दुर्घटना हुदा टाउकोमा चोट लाग्ने जोखिमलाई कसरी बचाउन सकिन्छ भन्ने जानकारी दिए।

    डब्लुएचओ नेपालका मानसिक रोग विशेषज्ञ डा केदार मरहट्ठाले संचार माध्यमको जिम्मेवारी तथा सडक सुरक्षासम्बन्धी जनचेतना फैल्याउने, नीति निर्माण र सडकमा सुरक्षित व्यवहारको प्रवर्द्धनमा खेल्न सक्ने भूमिका बारे प्रस्तुती तथा छलफल गरेका थिए।

    यस्तै कार्यक्रममा सहभागी सबैले सुरक्षित सडक र सुरक्षित जीवनका लागि सबै सरोकारवालाहरुले जिम्मेवार भएर सक्रिय भूमिका निभाउनु पर्नेमा सहभागीहरुले जोड दिएका थिए।

    डब्लुएचओका अनुसार सन् २०२३/२४ मा मात्र ३४ हजार ५ सय २५ सडक दुर्घाटना भएकोमा २ हजार ३६९ जनाको मृत्यु भएको थियो भने ६ हजार १६० जना गम्भिर घाइते भएका थिए। त्यसैगरी सामान्य घाइते हुनेको संख्या २५ हजार ९९५ रहेको थियो।

    ३० बढी स्वास्थ्य पत्रकारको सहभागिता भएको कार्यक्रममा डब्लुएचओका डा रइश पोखरेल, ट्राफिक सुरक्षा परिषद्का सदस्य सुरज कुमार प्रधान, तथा रोटरी इन्टरनेशनलका प्रतिनिधी लगायतको पनि सहभागिता थियो। विश्व सडक सुरक्षा सप्ताह हरेक वर्ष १२ देखि १५ मे सम्म मनाइने गरिन्छ।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend