मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार गर्न जापानसँग थप सहमति

धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार गर्न जापानसँग थप सहमति

images
२०८२ जेठ २ गते, शुक्रवार
२०८२ जेठ २ गते, शुक्रवार
  • काठमाडौं। धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि नेपाल र जापान सरकारका प्रतिनिधिबीच सहमति पत्रमा हस्ताक्षर भएको छ।

    images

    शुक्रबार जापानले नेपाली ५ अर्ब ३८ करोड ६२ लाख रुपैयाँ (५७ करोड ३० लाख येन) थप अनुदान दिने सम्बन्धि सहमति पत्रमा दुबै पक्ष बीचमा हस्ताक्षर भएको हो।

    images

    नेपाल सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र जापानका परराष्ट्र मामिलाका उपमन्त्री इकुइना अकिकोको उपस्थितिमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानका राजदूत माएडा तोरुले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन।

    यसअघि अक्टोबर २०२३ मा जापान सरकारसँग सो परियोजना कार्यान्वयन गर्न ३ अर्ब २९ करोड ६० लाख येन अनुदान दिने सम्बन्धि सम्झौता भएको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend