काठमाडौं। काठमाडौको मीनभवनमा रहेको निजामती कर्मचारी अस्पतालमा सन्ध्याकालिन सेवा शुरु हुने भएको छ।
निजामती कर्मचारीहरुबाट आएको गुनासोलाई सम्बोधन गर्दै अस्पताल विकास समितिले बैशाख ४ गते आइतबारबाट अस्पतालमा सन्ध्याकालिन सेवा शुरु गर्ने निर्णय गरेको हो।
सन्ध्याकालिन सेवा बेलुकी ४ बजेदेखि ८ बजेसम्म कायम हुने र सेवा सहुलियतपूर्ण हुने अस्पताल प्रसाननले जनाएको छ। यो समयमा संचालन हुने सेवा निजामती कर्मचारी लक्षित हुने अस्पतालले सुचनामार्फत भनेको छ।
गत बैशाख २२ गते बसेको समितिको बोर्ड बैठकले अस्पतालमा सन्ध्याकालिन सेवा विस्तार गर्न निर्देशन गरेको थियो।



