मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सगरमाथा संवाद

हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री

हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री

images
२०८२ जेठ २ गते, शुक्रवार
२०८२ जेठ २ गते, शुक्रवार
  • काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताएका छन।

    images

    नेपाल सरकारद्वारा पहिलो पटक आयोजित सगरमाथा संवादको उद्घाटनसत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही गहिरो अन्तरनिर्भर यथार्थभित्र—इमानदार संवाद र आपसी ज्ञान साटासाट गर्न तथा  सामूहिक कदम चाल्न सर्वाेच्च शिखर सगरमाथाको नामबाट संवादको जन्म भएको स्पष्ट पारे।

    images

    “आशा गछौँ, यो संवाद—त्यत्तिकै उच्च बनोस्। उच्च नैतिक स्पष्टता, दृढ बौद्धिक साहस र सुन्दर भविष्य निर्माणका लागि अटल साझा दृष्टिकोणमा उच्च बनोस्।”, प्रधानमन्त्री ओलीले भने, “हाम्रा घरबासहरु पहिरोहरूले बगाइरहेका छन्। बाढी र खडेरी अकस्मात आउँछन्  तर अझै, हामी डटिरहेका छौँ। हाम्रा उत्सर्जनहरू न्यून छ तर वातावरण संरक्षणमा हाम्रा योगदानहरू महत्वपूर्ण छन्।”

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend