काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त दुई अतिरिक्त सचिव (१२ औं तह) को बढुवाका लागि तीन जना सिफारिसमा परेका छन।
मन्त्रालयमा बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले क्रमश: डा. केशरबहादुर ढकाल, डा. श्रीकृष्ण श्रेष्ठ र डा. सुधा देवकोटाको नाम अतिरिक्त सचिवका लागि मन्त्रीपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको हो।
अब स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सो सिफारिस मन्त्रीपरिषदमा पेश गर्ने छन। त्यसपछि सिफारिसमा परेका मध्ये दुई जना स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिब बन्ने छन।
यसअघि अतिरिक्त सचिवका लागि मन्त्रालयले गत चैत ६ गते सार्वजनिक सुचना प्रकाशित गर्दै १५ दिनको समय दिएर आवेदन माग गरेको थियो। आवेदन माग भएपछि २४ जनाले आवेदन दिएका थिए। त्यसमध्ये एकले नाम फिर्ता लिएका थिए। आवेदन फिर्ता लिनेमा डा. डेलसिंह जोशी छन।
आवेदन दिने कोको थिए?
१. डा. दिपक थापा
२. डा. सञ्जयकुमार ठाकुर
३. डा. राजन पाण्डे
४. डा. श्रीकृष्ण श्रेष्ठ
५. डा. किरणमणि पौडेल
६. डा. यदुचन्द्र घिमिरे
७.डा. सरोज शर्मा
८. डा. विष्णुप्रसाद शर्मा
९. डा. प्रभा चापागाईँ
१०.डा. कृष्णप्रसाद पौडेल
११. डा. केशरबहादुर ढकाल
१२. डा. बासुदेव जनार्दन प्रसाद उपाध्याय
१३.डा. श्रवण कुमार थापा
१४. डा. सुधा देवकोटा
१५. दुर्गालक्ष्मी श्रेष्ठ
१६. डा. रुना झा
१७. नारायणप्रसाद ढकाल
१८. डा. अजित रायमाझी
१९. डा. चुमनलाल दास
२०. डा. चन्द्रभाल झा
२१. डा. प्रविण श्रेष्ठ
२२. डा. डेलसिंह जोशी
२३. डा. अनुज भट्टचन
२४. डा. विनोदविन्दु शर्मा



