मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कोरियाली कम्पनीसँगको सहकार्यमा पशुका लागि औषधी तथा आहारपुरक उत्पादन गर्दै कान्तिपुर फर्मास्युटिकल्स

कोरियाली कम्पनीसँगको सहकार्यमा पशुका लागि औषधी तथा आहारपुरक उत्पादन गर्दै कान्तिपुर फर्मास्युटिकल्स

images
२०८२ बैशाख ३१ गते, बुधवार
२०८२ बैशाख ३१ गते, बुधवार
  • काठमाडौं। कान्तिपुर फर्मास्युटिकल्स ल्याबले कोरियाली कम्पनीसँगको सहकार्यमा नेपालमा पशु स्वास्थ्यका लागि आवश्यक पर्ने औषधि तथा आहारपुरक पदार्थको उत्पादन गर्ने भएको छ।

    images

    बुधबार काठमाडौंमा आयोजित सहकार्य सम्बन्धि कार्यक्रममा कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड (केपीएल) र दक्षिण कोरियाली कम्पनी केबीएनपीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

    images

    सम्झौता पत्रमा दुई कम्पनी बिचमा प्राविधिक पक्षमा सहकार्य हुने भनिएको छ। सम्झौतापत्रमा कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडका तर्फबाट अध्यक्ष हेमराज बडाल तथा केबीएनपीका तर्फबाट हानी स्वङगले  हस्ताक्षर गरेका छन।

    सन् १९८८ मा स्थापना भएको केबीएनपी कोरियाको बहुराष्ट्रिय कम्पनि हो भने सो कम्पनीले भ्याक्सिन तथा अन्य भेटेनरी औषधी उत्पादन गर्दै आइरहेको छ। सो कम्पनीले विश्वका ३९ देशमा भेटेनरी सम्बन्धि औषधि  निर्यातसमेत गर्दै आएको छ।

    यस्तै विसं २०७५ मा स्थापना भएको कान्तिपुर फर्मास्युटिकल्स ल्याव लिमिटेड नेपालको २६ भेट तथा ७० ह्युमेन मेडिसिन उत्पादन गर्ने फर्मा कम्पनी हो।

    सम्झौँता पछि कान्तिपुर फर्माले केबीएनपी इन्कर्पोरेसन कोरियाको ब्राण्ड नाम प्रयोग गर्न पाउने छ भने नेपालमा लगानीको वातावरण राम्रो बनेमा केबीएनपीले यहाँ उत्पादित औषधि अन्य मुलुकमा निर्यात गर्ने समेत लक्ष्य राखेको छ।

    सो कार्यक्रममा औषधी व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकाल, पशु सेवा विभागका सहसचिव डा सलिना मानन्धर, नेपाल फार्मेसी परिषद्का अध्यक्ष प्रज्वलजंग पाण्डे, नेपाल औषधी उत्पादक संघका अध्यक्ष महेश प्रधान लगायत सहभागी थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend