मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी र सदस्य नियुक्त, कोको परे?

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी र सदस्य नियुक्त, कोको परे?

images
२०८२ बैशाख ३१ गते, बुधवार
२०८२ बैशाख ३१ गते, बुधवार
  • काठमाडौं। सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी तथा सदस्य नियुक्त गरेको छ।

    images

    बुधबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगमा उच्च अदालतका पूर्वन्यायाधीश महेश थापा र बेपत्ता छानबिन आयोगमा पूर्व मुख्यसचिव लिलादेवी गड्तौलालाई अध्यक्ष पदमा नियुक्त गरेको हो।

    images

    पदाधिकारी तथा सदस्य नियुक्त नहुँदा सरकारले संक्रमणकालीन न्यायसम्बन्धी काम अघि बढाउन पाएको थिएन।

    मन्त्रिपरिषद् बैठकले दुवै आयोगमा हाल अध्यक्ष सहित पाँच–पाँच जना सदस्य नियुक्त गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

    नियुक्त भएका सबै पदाधिकारीको तलब भत्ता राष्ट्रिय मानव अधिकार आयोग सरह रहने पनि गुरुङले जानकारी दिएका छन। नियुक्त सबैको कार्यकाल ४ वर्षको हुनेछ।

    यसअघि भागबन्डामा पदाधिकारी छनौट गर्न खोजिएको भन्दै बिरोध भएको थियो। जसका कारण नियुक्ति प्रक्रिया अघि बढ्न सकेको थिएन।

    कोको परे?

    सत्य निरुपण तथा मेलमिलाप आयोगतर्फ

    १) महेश थापा, अध्यक्ष
    २) अच्युत प्रसाद भण्डारी, सदस्य
    ३) टिका प्रसाद ढकाल, सदस्य
    ४) पदम बहादुर शाही, सदस्य
    ५) कुमारी कौशल्य ओझा, सदस्य

    बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगतर्फ

    १) लिलादेवी गड्तौला, अध्यक्ष
    २) गोपालनाथ योगी, सदस्य
    ३) अग्निप्रसाद थपलिया, सदस्य
    ४) सिर्जना पोखरेल, सदस्य
    ५) विनिता नेपाली, सदस्य

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend