मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सरकारी कारोबारमा हरेक वर्ष बेरुजू बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण : राष्ट्रपति

सरकारी कारोबारमा हरेक वर्ष बेरुजू बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण : राष्ट्रपति

images
२०८२ बैशाख ३१ गते, बुधवार
२०८२ बैशाख ३१ गते, बुधवार
  • काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारी कारोवारमा हरेक वर्ष बेरुजू वढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण रहेको बताएका छन।

    images

    राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा महालेखा परिक्षकको कार्यालयले पेश गरेको प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले हरेक वर्ष बेरुजू वढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण रहेको बताएका हुन।

    images

    राष्ट्रपति पौडेलसमक्ष महालेखा परिक्षक तोयम रायाले आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक प्रतिवेदन पेश गरेका थिए।

    सो अवसरमा राष्ट्रपति पौडेलले आर्थिक अनुशासन कायम गर्न र वित्तीय उत्तरदायित्व अभिवृद्धि गर्न सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जिम्मेवार र जवाफदेही बन्नु आवश्यक रहेको बताए।

    “सरकारी कारोवारमा हरेक वर्ष बेरुजू वढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण अवस्था हो, सुशासन कायम गराउन सरकारी कोष सञ्चालन गर्ने सम्बद्ध सबै पदाधिकारीहरूलाई थप जिम्मेवार र जवाफदेही बनाउने सन्दर्भमा महालेखा परीक्षकको भूमिका महत्वपूर्ण हुन्छ भन्ने मैले ठानेको छु”, राष्ट्रपति पौडेलले भने। 

    उनले विगत लामो समयदेखि सरकारी खर्चमा बढ्दै गएको वेरुजु गम्भीर चासो र सरोकारको विषय बनेको पनि बताए।

    “वर्तमान परिस्थितिमा सरकारी खर्च गर्दा प्रचलित कानूनको परिपालना एवं आर्थिक अनुशासनलाई अझ बढी ध्यान दिनु पर्ने आवश्यकता छ”, राष्ट्रपति पौडेलले भने। उनले आर्थिक अनुशासन र वित्तीय उत्तरदायित्व कायम गराउन महालेखा परीक्षकले आगामी दिनमा थप सशक्त भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। 

    उनले महालेखा परीक्षकबाट सरकारी वा सार्वजनिक स्रोत, साधन तथा सम्पत्तिको सदुपयोग भए नभएको, अनियमितता वा हानी नोक्सानी भए नभएकोसमेतको विषय परीक्षण हुँदै आएको सन्दर्भमा प्रतिवेदनमा औंल्याइएका विषयहरूले सम्बन्धित निकायलाई आर्थिक अनुशासन तथा वित्तीय उत्तरदायित्वप्रति थप सजग गराउने विश्वास व्यक्त गरे।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend