मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बढ्दै डेङ्गुको जोखिम

बढ्दै डेङ्गुको जोखिम

images
२०८२ बैशाख ३१ गते, बुधवार
२०८२ बैशाख ३१ गते, बुधवार
  • काठमाडौं। वर्षासँगै काठमाडौं उपत्यकामा डेङ्गु संक्रमणको जोखिम पनि बढ्न थालेको छ। वर्षापछि खुला स्थानमा पानी जम्ने र जमेका पानीबाटै डेङ्गु सार्ने लामखुट्टे बढ्ने भएकाले जोखिम पनि बढ्ने अवस्था छ।

    images

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले पानी पर्नेक्रम बढ्दै गएकाले डेंङ्गुको जोखिम पनि निरन्तर बढ्ने अवस्थामा रहेको बताए।

    images

    `पानी पर्ने क्रम पनि बढेको छ, खुला स्थानमा जम्मा भएको पानीले डेङ्गु सार्ने लामखुट्टे पनि बढ्छ, त्यसबाट सङ्क्रमण बढाउने खतरा रहेकाले सतर्क रहनु पर्छ।´ डा दाहालले भने।

    डा दाहालका अनुसार डेङ्गु सार्ने लामखुट्टेको विकास हुन १५ देखि २० दिन लाग्छ। त्यसैले अबको १५ देखि २० दिन डेङ्गु सङ्क्रमण हुने खतरा रहेको उनी बताउँछन। खुला स्थानमा पानी जम्ने खतरा कम हुँदा भने डेङ्गु बढ्न नपाउने भएकाले सबैले आवश्यक सतर्कता अपनाउँदा नियन्त्रणमा सहयोग पुग्ने उनको भनाइ छ।

    पानी जम्ने ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ। ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोकेर डेङ्गु रोग लाग्ने गर्दछ।

    शाखा प्रमुख डा.दाहालका अनुसार विगतको अनुभवका आधारमा धेरै सङ्क्रमण फैलिएका ३५ स्थानीय तहमा सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न पत्राचार गरिसकिएको छ। ती स्थानीय तहले सुरुवातबाट नै सतर्कता अपनाए विगत जस्तो अवस्था न आउने उनी बताउँछन।

    सन् २०२४ मा देशका ७६ जिल्लामा डेङ्गु सङ्क्रमण फैलिँदा ४१ हजार ८६५ सङ्क्रमित र १५ जनाको मृत्यु भएको थियो। २०८१ पुस १७ यता मात्रै ९७५ जनामा डेङ्गु सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ।
     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend