मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सगरमाथा संवादका लागि भारतले दियो सवारीसाधन

सगरमाथा संवादका लागि भारतले दियो सवारीसाधन

images
२०८२ बैशाख २८ गते, आइतवार
२०८२ बैशाख २८ गते, आइतवार
  • काठमाडौं। नेपाल सरकारद्वारा यसै हप्ता आयोजना गरिएको सगरमाथा संवादको पहिलो संस्करणका लागि सहयोगस्वरुप भारत सरकारले १५ ओटा विद्युतीय सवारी साधन (गाडी) उपलब्ध गराएको छ।

    images

    नेपाल भारत सहयोग कार्यक्रम अन्तर्गत उपलब्ध गराइएका ती सवारी साधन आज परराष्ट्र मन्त्रालयमा आयोजित एक समारोहमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले हस्तान्तरण गरेका हुन।

    images

    त्यस अवसरमा मन्त्री डा राणाले जलबायु परिवर्तन नेपालको मात्र नभएर यस क्षेत्रकै एक साझा चुनौतीका रुपमा रहेकाले  समाधानका लागि पनि सबैको आपसी समन्वय र सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिइन।
      
    नेपालले आयोजना गरेको सगरमाथा संवाद कार्यक्रमले जलवायु परिवर्तन सम्बन्धी यस क्षेत्रको साझा समस्याको उजागर गर्दै त्यसको समाधानका उपायहरुको खोजीका लागि समेत सामूहिक प्रयत्नको मोडल तय गर्ने जानकारी दिँदै यसमा भारत सरकारको सहयोग उल्लेखनीय रहेको बताइन।

    नेपालले आयोजना गरेको सगरमाथा संवादका लागि उपलब्ध गराएको सो सहयोगका लागि भारत सरकारलाई धन्यवाद व्यक्त गर्दै मन्त्री डा राणाले यही मे १६‐१८ मा आयोजित सगरमाथा संवादको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र अब नेपाल सरकार विदेशी उच्चपदस्थ व्यक्तित्वहरु तथा पाहुनाहरुको स्वागतको प्रतिक्षामा रहेको जानकारी दिइन।

    त्यस अवसरमा राजदूत श्रीवास्तवले भारत सरकारले नेपालको आर्थिक, सामाजिक लगायतका क्षेत्रमा पुर्याउँदै आएको सहयोगको चर्चा गर्दै सगरमाथा संवादका लागि सवारीसाधन उपलब्ध गराउन पाएकोमा खुसी व्यक्त गरे।

    उनले जलवायु परिवर्तनको चुनौती यस क्षेत्रकै साझा समस्या रहेकाले यसको समाधानमा अवलम्बन गरिने उपायहरुमा भारत सरकार नेपालको साथ रहेको पनि बताए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend