काठमाडौं। नेपाली कांग्रेसले वर्तमान राजनीतिक अवस्थाका बारेमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा बैठक बोलाएका हुन्। बैठक ९ बजे बस्ने बताइएको छ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पछिल्ला विकशित राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रमलगायतको विषयमा कुराकानी हुने उनले जानकारी दिए।



