मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सरकार परिवर्तन हुन्न, गठवन्धनमा धोका हुँदैन : सिटौला

सरकार परिवर्तन हुन्न, गठवन्धनमा धोका हुँदैन : सिटौला

images
२०८२ बैशाख २४ गते, बुधवार
२०८२ बैशाख २४ गते, बुधवार
  • रामेछाप। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिले सरकार परिवर्तनको कुनै सम्भावना नरहेको बताएका छन्।

    images

    बुधबार कांग्रेस रामेछापको दोस्रो नगर सम्मेलन उद्घाटन कार्यक्रमलाई रामेछापमा सम्बोधन गर्दै सिटौलाले सरकार परिवर्तनको कुनै सम्भावना नरहेको बताए।

    images

    ‘बाहिर जे जस्तो हल्ला चलेको छ, भित्र त्यस्तो छैन, अहिले सरकार परिवर्तनको कुनै सम्भावना छैन, अहिले कांग्रेसको ध्यान त्यता छैन।´ सिटौलाले भने।

    उनले कांग्रेसको तर्फबाट सत्ता गठबन्धनमा कुनै समस्या नरहेको पनि स्पष्ट पारे। तर दुई फरकफरक धारका दर मिलेर सरकार बनेकाले सानातिना कुरामा कहिलेकाहीँ समस्या हुनु स्वभाविक भएको उनको भनाइ छ।

    `दुईवटा पार्टीको सरकार छ, सानातिना कुरामा मनमुटाव हुनु स्वभाविक छ, ती कुरा मिल्दै जान्छ, नेताहरूका बिचमा छलफल भएपछि टुंगिन्छ।´ सिटौलाले सम्बोधनका क्रममा भने।

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पटक पटक धोका दिएको कारण कांग्रेस र एमालेको सरकार बनेको उनले स्पष्ट पारे। त्यसैले पनि कांग्रेसका कारण अहिलेको गठबन्धन सरकारमा कुनै समस्या नहुने सिटौलाले बताए। ‘हामी सानोतिनो समस्याबाट अहिलेको सत्ता गठबन्धनबाट भाग्नेवाला छैनौँ’, सिटौलाले भने।

    सिटौलाले कांग्रेस देशको प्रमुख राजनीतिक शक्ति मात्र नभएर परिवर्तनको संवाहक समेत भएको बताए। त्यसैले कांग्रेस कार्यकर्ता बजारमा चल्ने हल्लाको पछि लाग्नु नहुने उनको धारणा छ।

    सिटौलाले पार्टी सदस्यताको नवीकरण र वितरणको लागि पार्टीमा सामूहिक प्रयास हुनुपर्नेमा जोड दिए। पदमा रहेकाले मात्र सदस्यता वितरण गर्ने भन्दा पनि सामूहिक प्रयासबाट सो काम हुनु पर्ने उनको धारणा छ।

    सिटौलाले यतिबाट कांग्रेस पार्टी एकताबद्ध भएर अघि बढ्नु पर्ने बताए। ‘हाम्रो एकताले नै अरूलाई पनि राष्ट्रिय एकतामा ल्याउन सकिन्छ, अब शैलीका साथ पार्टीको संगठनमा जुट्नु पर्ने बेला भएको छ’, उनले भने।

    २०४६ को परिवर्तन पछि मुलुकमा धेरै कुरामा विकास भएको बताउँदै सिटौलाले केही भएको छैन भन्ने कुरा स्वीकार गर्न नसकिने बताए। यस बिचमा पूर्वाधार निर्माणमा देशले उल्लेख्य प्रगति गरेको उनको दाबी छ।

    कांग्रेस रामेछाप नगर समितिका सभापति कमलविक्रम कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँ, कार्यवाहक जिल्ला सभापति लेखबहादुर कार्की, निवर्तमान जिल्ला सभापति लबश्री न्यौपाने लगायतले समसामयिक राजनीतिक विषयमा धारणा राखेका थिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend