काठमाडौं । नेपाल प्रहरीका ७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ।
गृहमन्त्री रमेश लेखकले आइतबार मन्त्री स्तरीय निर्णय गर्दै जनपद प्रहरी समुहतर्फका ७ जना डीआईजी सरुवाको निर्णय गरेका हुन्। सरुवा सूची अनुसार विभिन्न ६ वटा प्रदेशको प्रहरी नेतृत्व फेरिएका छन।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सरुवा सूची अनुसार कोशी प्रदेशको नेतृत्व इश्वर कार्कीलाई प्रदान गरिएको छ।
यस्तै मधेश प्रदेशमा उमा प्रसाद चतुर्वेदी र बागमती प्रदेशमा अरुण पौडेललाई जिम्मेवारी दिइएको छ भने गण्डकी प्रदेशमा दिनेश कुमार आचार्यलाई सरुवा गरिएको छ।
यस्तै लुम्बिनी प्रदेशको प्रहरी प्रमुखमा राजेन्द्र प्रसाद भट्टलाई जिम्मेवारी दिइएको छ भने केन्द्रिय अनुसन्धान ब्यूरोमा गोविन्द थपलियालाई सरुवा गरिएको छ।
यसैगरी डीआइजी डम्बर बहादुर बिकलाई सुदुरपश्चिम प्रदेशको प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ।





