काठमाडौं। पाकिस्तानको उच्चस्तरीय सैनिक तालिमका शिक्षार्थीहरुको टोली नेपाल आएको छ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार पाकिस्तानको `नेशनल डिफेन्स युनिभर्सिटी´ (एनडीयु) मा तालिमरत `नेशनल सेक्युरिटी एन्ड वार कलेज´ का उच्चस्तरीय सैनिक तालिमका शिक्षार्थीहरुको भ्रमणदलको टोली आइतबार नेपाल आइपुगेको हो।
कुल १२ जना रहेको टोली ६ दिन नेपालमा रहने छ्न। भ्रमणका दौरान उक्त टोलीले काठमाडौंस्थित विभिन्न सांस्कृतिक तथा पर्यटकीय स्थलहरूको भ्रमण गर्ने योजना रहेको बताइएको छ।
`मित्रराष्ट्र पाकिस्तानको National Defence University (NDU) मा तालिमरत National Security and War College (NSWC) का शिक्षार्थीहरू सहितको १२ सदस्यीय भ्रमण दल आज मिति २०८२ बैशाख २१ गते नेपाल आएको छ। AIR CDRE Saad Mansoor Ansari को नेतृत्वमा रहेको उक्त टोली ६ दिने अध्ययन भ्रमणको सिलसिलामा नेपाल आएको हो।´ जनसम्पर्क निर्देशनालयले भनेको छ।



