मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

चिकित्सक आन्दोलन जारी छ : संघर्ष समिति

चिकित्सक आन्दोलन जारी छ : संघर्ष समिति

images
२०८२ बैशाख २१ गते, आइतवार
२०८२ बैशाख २१ गते, आइतवार
  • काठमाडौं। स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले आन्दोलनरत चिकित्सक र सरकारबिच कुनै सहमति नभएको बताएको छ।

    images

    समितिले शनिबार मध्यराति विज्ञप्ती प्रकाशित गर्दै विभिन्न संचार माध्यममा चिकित्सक र सरकारबिच सहमति भएको भन्ने समाचार आएको प्रति ध्यानाकर्षण भएको जनाएको हो। समितिले चिकित्सक आन्दोलन जारी नै रहेको जनाएको छ।

    images

    समितिले चिकित्सा शिक्षा आयोगको २०८१ माघ २५ गते बसेको १६ औं बैठकले निर्णय गरे बमोजिम पारिश्रमिक विगत ३ महिनादेखि नपाएको र पटकपटक निर्देशन दिने काम मात्र भएको तर कार्यान्वयनमा ठोस कदम नचालिएको भन्दै आन्दोलन जारी राखिएको विज्ञप्तीमार्फत भनेको छ।

    `तीन महिना देखि पारिश्रमिक नपाएकाआवासीय  चिकित्सकहरुलाई पारिश्रमिक दिलाउनुको सट्टा निर्देशन दिने सहमति गर्ने जस्ता निर्लज्ज क्रियाकलापहरु प्रति हामी गम्भीर आपत्ती प्रकट गर्दैछौं।´ संघर्ष समितिद्वारा जारी विज्ञप्तीमा भनिएको छ।

    समितिका प्रवक्ता डा सन्जय बरालद्वारा जारी विज्ञप्तीमा आफ्ना दुई बुँदे मागलाईसमेत उल्लेख गर्दै आइतबारका आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरिएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend