मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकद्वारा सिन्धुलीमा महिलाको स्तन र पाठेघरको क्यान्सरको स्क्रिनिङ

भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकद्वारा सिन्धुलीमा महिलाको स्तन र पाठेघरको क्यान्सरको स्क्रिनिङ

images
२०८२ बैशाख २० गते, शनिवार
२०८२ बैशाख २० गते, शनिवार
  • सिन्धुली। भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकहरूले सिन्धुली अस्पताल पुगेर महिलाको स्तन र पाठेघरको क्यान्सरको स्क्रिनिङ गरेका छन।

    images

    भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा उज्ज्वल चालिसेका अनुसार सिन्धुली अस्पतालमा ५०० जना महिलाको क्यान्सर स्क्रिनिङ गरिएको छ।

    images

    डा चालिसेले परीक्षणका क्रममा केही महिलाहरूमा स्तन र पाठेघरको मुखको क्यान्सरको समस्या देखिएकाले थप उपचारका लागि भक्तपुर क्यान्सर अस्पताल रिफर गरिएको जानकारी दिए।

    `सिन्धुली अस्पतालमा महिलाको क्यान्सर स्क्रिनिङ तथा सचेतना शिबिरमा करिब ५०० महिला को जाँच गरियो जस मध्ये स्तन र पाठेघरको मुखको क्यान्सर पत्ता लागि थप उपचारका लागि भक्तपुर क्यान्सर अस्पताल रिफर गरिएको छ।´ डा चालिसेले भनेका छन।

    उनले सिन्धुली अस्पातलमा सर्जरी, गाइनो, बाल, सिटि स्क्यान, डायलासिस लगायत सम्पूर्ण सुबिधा राम्रो रहेको पनि बताए।

    उनले आगामी दिनमा बिरामीको सुबिधाका लागि दुई अस्पातलबिच सहकार्य गर्ने बारे अध्यक्ष सतिस ढकालसहित मेसु डा अभिशेक थपालियासँग छलफल र भेट्घाट गरिएको जानकारी दिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend