काठमाडौं। सरकारले १४ वर्ष मुनीका बालबालिकाका लागि नि:शुल्क क्यान्सर उपचार सेवा उपलब्ध गराउने भएको छ।
सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा यो विषय उल्लेख छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदका दुबै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
`पाठेघर क्यान्सरको एचपीभी खोप र १४ वर्ष मुनीका बालबालिकाका लागि नि:शुल्क क्यान्सर उपचार सेवा उपलब्ध गराइने छ।´ नीति तथा कार्यक्रममा भनिएको छ।



