काठमाडौं। बागमती प्रदेश भित्र ब्लुबुक नवीकरण तथा सवारी साधनबारे जाँच क्युआर प्रणालीबाटै हुने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को अवसरमा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत ब्लुबुक क्यूआर कोड अनावरण गर्दै हालका लागि बागमती प्रदेश भित्र यस प्रणालीलाई नागरिक एपमा आबद्ध गर्ने प्रणालीको औपचारिक शुभारम्भ गरेका हुन्।
बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयले तयार पारेको यो सेवा नागरिक एपसँग आबद्ध गरिएको हो। मन्त्रालयका अनुसार ब्लुबुकमा नै नै क्यूआर कोड हुने भएकाले यसलाई प्रिन्ट गरेर कागजमा बोक्न वा मोबाइलबाटै देखाउन सकिने छ।
यो सेवा सुरु भएपछि सवारी चालक अनुमति पत्र जस्तै अब सेवाग्राहीले चेकिङमा पर्दा ट्राफिक प्रहरीलाई मोवाइलबाटै आफ्नो सवारीको जाँच गराउन सक्ने छन।
यस्तै नागरिक एपबाट नै सम्बन्धित सवारीको ब्लुबुक नवीकरणसम्मका काम गर्न सेवाग्राहीलाई सहज हुनेछ भने बिचौलियामार्फत सेवा लिनुपर्ने बाध्यता हट्ने र सेवामा पारदर्शिता तथा पहुँच बढ्ने सरकारको विश्वास छ।



