मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कोशी लगानी सम्मेलन

ढुक्क भएर लगानी गर्नुस्, सरकारको साथ सहयोग हुन्छ : प्रधानमन्त्री

ढुक्क भएर लगानी गर्नुस्, सरकारको साथ सहयोग हुन्छ : प्रधानमन्त्री

images
२०८२ बैशाख १८ गते, बिहिवार
२०८२ बैशाख १८ गते, बिहिवार
  • विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि उपयुक्त वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न स्वदेशी र विदेशी लगानीकर्तालाई आग्रह गरेका छन।

    images

    कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ को बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अनेक हिसाबले जुनसुकै क्षेत्रमा नेपालमा लगानीका निम्ति उपयुक्त वातावरण रहेकाले आन्तरिक र बाह्य लगानी परिचालनमा ध्यान दिन प्रशासनिक क्षेत्रलाई पनि आग्रह गरे।

    images

    “पूर्वाधार निर्माण भइसकेको समय भएकाले ढुक्कले लगानी गर्न सक्नुुहुन्छ। लगानीका लागि सरकारका तर्फबाट कुनै समस्या पर्न दिइन्न। कोशी प्रदेश पूर्वाधार विकास र सडक सञ्जालसँग जोडिएको छ। लगानी गरेर उत्पादन बजारमा लाने समयसम्म एसियालीस्तरको छ लेनको पूर्व पश्चिम राजमार्ग हामी बनाइसक्छौं। हामी कच्चा पदार्थ पनि ल्याउन सक्छौँ। त्यसकारण हरेक क्षेत्रमा नयाँ नयाँ सम्भावनाहरुलाई हामीले पहिल्याउन सक्छौँ।’ प्रधानमन्त्री ओलीले भने।

    उनले देशमा सामान ल्याउन र लान कुुनै हिसाबले नरोकिने समेत प्रष्ट पारे। आफ्नो उत्पादनको बजार कोशी प्रदेशका विभिन्न कोरिडोर र नाकामा लान सक्ने गरी बाटो बनिसकेको भन्दै उनले विराटनगरसहित विभिन्न विमानस्थल विस्तार गरिनेछ समेत बताए।

    `सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रका साथै सगरमाथासहित विभिन्न हिमाल र जडिबुटीहरुको थलो कोशीका जनता शिक्षित र मेहनती छन् । त्यस कारण पनि यहाँ लगानीको प्रचुर सम्भावना रहेको छ।’ प्रधानमन्त्री ओलीले भने।

    उनले उद्यमशीलता दशक मनाउन सकिए रोजगारी दशक सफल हुने उल्लेख गर्दै अगाडी भने, `म युवाहरुलाई भन्न चाहान्छुु, जागिरको खोजीमा नभौँतारिनुुस्, उद्यमशीलतामा लाग्नुुस्। त्यसका लागि सोच, तालिम र सहयोगमा सरकारले साथ दिन्छ।’’

    प्रधानमन्त्री ओलीले विश्वको सर्वाेच्च शिखर सगरमाथालाई सगरमाथाकै नामबाट विश्वमा ब्राण्डिङ गर्न आग्रह गर्दै ‘माउन्ट एभरेष्ट’ भनिरहन नपर्नेमा जोड दिए।

    अन्तर्राष्ट्रिय श्रम सङ्गठनको मान्यताअनुसार श्रमको सम्मान दिन तथा रोजगारादाता र श्रमिकबीच संवादका साथै ट्रेड युनियन अधिकारको रक्षाका लागि नेपाल सरकार स्पष्ट रहेको पनि लगानीकर्तालाई उनले अवगत गराए।

    प्रधानमन्त्री ओलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहितले स्वागत गरेका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend