मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

निजामति कर्मचारीसरह शिक्षकले निजामति अस्पतालबाट उपचार सेवा प्राप्त गर्ने

निजामति कर्मचारीसरह शिक्षकले निजामति अस्पतालबाट उपचार सेवा प्राप्त गर्ने

images
एक्सरे नेपाल
२०८२ बैशाख १७ गते, बुधवार
एक्सरे नेपाल
२०८२ बैशाख १७ गते, बुधवार
  • काठमाडौं। सरकार र नेपाल शिक्षक महासंघबिचको नौ बुँदे सहमतिपछि शिक्षकहरूले निजामति अस्पतालबाट निजामति कर्मचारीसरह उपचार सेवा पाउने भएका छन।

    images

    बुधबार शिक्षक महासंघ र सरकारबिचको वार्ता सफल भएपछि शिक्षक तथा विद्यालय कर्मचारीहरुले निजामति कर्मचारीसरह निजामति अस्पतालमा सहुलियतमा उपचार सेवा पाउने सुनिश्चित भएको हो।यो विषय सहमतिको पहिलो बुँदामा नै उल्लेख छ।

    images

    सो सहमतिपछि बसेको मन्त्रीपरिषद बैठकले सहमतिका नौं बुँदालाई पारित गरिसकेको छ। मन्त्री परिषद बैठकपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सामजिक संजाल फेसबुकमार्फत शिक्षकहरूलाई बधाईं दिंदै लेखेका छन,` अब निजामति कर्मचारीसरह शिक्षकहरुले निजामति (सिभिल) अस्पतालबाट सहुलियतपूर्ण उपचार सेवा प्राप्त गर्नु हुनेछ।´

    मन्त्री पौडेलले अगाडी लेखेका छन,`हामीले गत साउन २७ गते योजना तथा प्राथमिकतामा शिक्षकको सहुलियतपूर्ण उपचार निजामति अस्पतालमार्फत गराउने प्रतिबद्धता जनाएका थियौं। त्यसयता यस विषय कार्यान्वयनमा लैजान हामीले निरन्तर प्रयत्न गरिरहेका थियौं। फलस्वरुप आजको मन्त्रिपरिषद बैठकबाट यससम्बन्धमा निर्णय भएको छ। सबै शिक्षकज्युहरुलाई बधाई!´

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend