मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

`फेक पत्र´ले थुनामा परे रेशम, फेरि छुटे

`फेक पत्र´ले थुनामा परे रेशम, फेरि छुटे

images
२०८२ बैशाख १७ गते, बुधवार
२०८२ बैशाख १७ गते, बुधवार
  • काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी बुधबार एकएक पक्राउ परेको खबर बाहिरियो। करीब पाँच घण्टा उनी कारागार चलान भए। फेरि छुटे। 

    images

    उनलाई पक्राउ गर्न सर्वोच्च अदालतको एउटा पत्र बुधबार अदालतको मुद्दा शाखाबाट प्रहरीसमक्ष पुग्यो। प्रहरी परिचालन भयो। चौधरी पक्राउ परे। जब उनी कारागार पुगे तब सर्वोच्चमा हल्लाखल्ला भयो। उनी फेक पत्रको शिकार भए। 

    images

    सर्वोच्चले चौधरीलाई पक्राउ गर्न पठाइएको पत्र फेक भएको भन्दै डिल्लीबजार कारागारलाई अर्को पत्र पठाएपछि उनी छुटेका छन। चौधरी पक्राउ परेर कारागार पठाइए लगत्तै सर्वोच्चले विज्ञप्ती जारी गरेको थियो। त्यसपछि सर्वोच्चले कारागारमा पत्र पठाएको थियो।

    डिल्ली बजार कारागार कार्यालयका जेलर बाबुराम अर्यालका अनुसार सर्वोच्चको पत्रपछि चौधरीलाई रिहा गरिएको हो।

    सर्वोच्च अदालतका कर्मचारीले डिल्लीबजार कारागारलाई बुधबार पत्र पठाएपछि चौधरी काठमाडौंको प्रज्ञा भवनबाट पक्राउ परेका थिए। पक्राउ लगत्तै उनलाई डिल्लीबजार कारागार पठाइएको थियो।

    सर्वोच्च अदालतले मुद्दा शाखाबाट फेक पत्र लिएर जाने महिमान सिंह विष्टलाई पक्राउ गरि अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौलाई पत्राचार गरिसकेको छ। सो पत्रपछि विष्ट  पक्राउ परिसकेका छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend