मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बालुटारमा सत्तारुढ दलको बैठक, प्रज्ञा भवनबाट रेशम चौधरी पक्राउ

बालुटारमा सत्तारुढ दलको बैठक, प्रज्ञा भवनबाट रेशम चौधरी पक्राउ

images
२०८२ बैशाख १७ गते, बुधवार
२०८२ बैशाख १७ गते, बुधवार
  • काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन्।

    images

    नेपाल प्रहरीले चौधरीलाई काठमाडौंको प्रज्ञा भवनबाट पक्राउ गरेको हो। जनमत पार्टीसँग पार्टी एकताको कार्यक्रम हुने तयारी भैरहँदा चौधरी पक्राउ परेका हुन। उनी पक्राउ पर्दै गर्दा बालुवाटारमा भने सत्तारुढ दलहरूको बैठक चल्दै थियो। रेशम पत्नी तथा नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ भने सत्तारूढ दलको बैठकमा सहभागी थिइनन्।

    images

    कैलालीको टिकापुर प्रकरणमा चौधरीलाई सर्वोच्च अदालतले कैदको फैसला सुनाएको थियो। सो फैसला कार्यान्वयनका लागि चौधरीले पाँच वर्ष तीन महिना जेल सजाय काटेका थिए।

    त्यसपछि गणतन्त्र दिवसका अवसरमा सरकारले उनलाई आममाफी दिएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका उनी २०८० साल जेठ १५ गते कारागारबाट रिहा भएका थिए भने उनको १४ वर्ष ९ महिना जेल सजाय छुट भएको थियो।

    आममाफीपछि आएको फैसलाको पूर्णपाठमा उनलाई आममाफी दिन नमिल्ने उल्लेख थियो भने माफीको निर्णयपछि उनीबिरुद्ध मुद्दा परेको थियो। टीकापुरमा हत्या भएका सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले चौधरी विरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेकी थिइन्।

    अदालतको पुर्णपाठ पछिको फैसला कार्यान्वयन गर्न अदालतले पत्र पठाएपछि चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई प्रहरीले डिल्ली बजार कारागार पठाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend