मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सत्तापक्षीय दलको बैठक बालुवाटारमा शुरु, नीति तथा कार्यक्रमको विषयमा छलफल

सत्तापक्षीय दलको बैठक बालुवाटारमा शुरु, नीति तथा कार्यक्रमको विषयमा छलफल

images
२०८२ बैशाख १७ गते, बुधवार
२०८२ बैशाख १७ गते, बुधवार
  • काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा सत्तापक्षीय राजनीतिक दलको बैठक शुरु भएको छ।

    images

    बैठकमा वैशाख १९ गते सङ्घीय संसदको दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत हुने नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारीलगायत विषयमा छलफल केन्द्रित रहेको छ।

    images

    प्रधानमन्त्री निवास, बालुवाटारमा भैरहेको बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोकुमार राईलगायत सहभागी छन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend