मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सरकारलाई डा गोबिन्द केसीको चेतावनी : एमबीबीएसतर्फको सिट बढाए सत्याग्रहमा उत्रन्छु

सरकारलाई डा गोबिन्द केसीको चेतावनी : एमबीबीएसतर्फको सिट बढाए सत्याग्रहमा उत्रन्छु

images
२०८२ बैशाख १६ गते, मंगलवार
२०८२ बैशाख १६ गते, मंगलवार
  • काठमाडौं। चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा सुधारको आवाज उठाउँदै आइरहेका प्राडा गोबिन्द केसीले एमबीबीएसतर्फको संख्या एक सिट पनि नबढाउन सरकारलाई चेतावनी दिएका छन।

    images

    मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्राडा केसीले एमबीबीएस सिट हालको संख्या भन्दा नबढाउन र निजी मेडिकल कलेजबाट श्रम शोषणबाट पीडित रेजिडेन्ट डाक्टरहरूको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका हुन। 

    images

    हाल म्यानमारका भुकम्पमा घाइते भएकाहरुको उपचारका लागि पुगेका उनले सरकारले आफुले उठाएका विषयमा अटेर गरे नेपाल फर्के पश्चात् सत्याग्रह गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन।

    `एमबीबीएस सिट हालको संख्या भन्दा एक सिट पनि नबढाउन र निजी मेडिकल कलेजबाट श्रम शोषणबाट पीडित रेजिडेन्ट डाक्टरहरूको माग सम्बोधन गर्न र विगतमा हामीसित भएका सम्झौताहरू तुरुन्त कार्यान्वयन गर्न साथै गत चैत ३१ गते जारी गरेको प्रेस विज्ञप्तिमा उल्लिखित पहिलेदेखिकै मागहरू शीघ्रातीशीघ्र पूरा गर्न सरकार समक्ष जोडदार माग गर्दछु। अन्यथा नेपाल फर्के पश्चात् सत्याग्रह गर्न बाध्य हुने कुरा जानकारी गराउँदछु।´ प्राडा केसीद्वारा जारी विज्ञप्तीमा भनिएको छ।

    उनले आफु लामो समयदेखि चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार र सो क्षेत्रमा देशका कुनाकाप्चाका विपन्न वर्गदेखि सबै विद्यार्थी लगायत नागरिकहरूको समतामूलक पहुँचका लागि संघर्षरत रहेकोसमेत दाबी गर्दै अघि भनेका छन, `आम नेपालीहरूको अथक प्रयास र दबाबमा चिकित्सा शिक्षा ऐन लागु भयो चिकित्सा शिक्षा आयोग बन्यो र प्रधानमन्त्री, मन्त्रीहरू, सांसद, अन्य नेता /नेत्री, कार्यकर्ता, न्यायाधीश, माफियाहरू लगायत विभिन्न स्वार्थपरक समूहको बारम्बार गैरकानुनी हस्तक्षेपका बाबजुद आयोगका पदाधिकारीहरूले सन्तोषजनक काम गरिरहेका थिए त्यसैले विद्यार्थी र आम नेपालीहरू लाभान्वित भएका थिए। आयोगमा पदाधिकारीको नेतृत्व परिवर्तनसँगै माथि उल्लिखित गलत तत्वहरूको बेलगाम र निर्लज्ज हस्तक्षेपका कारण चिकित्सा शिक्षा ऐनको अस्तित्व नै गुम्ने अवस्थामा छ। ठग, फटाहा र खुराफातको लहैलहैमा लागेर नागरिकको ठूलो तप्कालाई आफ्नो घुँडामा बन्चरो हानेको थाहा छैन।´

    प्राडा केसीद्वारा जारी विज्ञप्तीमा अगाडि लेखिएको छ, `म म्यानमारको भूकम्प पीडितहरूको सेवा गरेर नेपाल फर्कने क्रममा राजधानी यांगुन आइपुग्दा डा.जीवनको वोध-वार्ता मार्फत रेजिडेन्ट डाक्टरहरू हडतालमा र स्वास्थ्य मन्त्रालयले बनाएको एक समिति एमबीबीएसको सिट एक सयबाट बढाएर डेढ सय बनाउने तयारी भन्ने खबरले मेरो गम्भीर ध्यानाकर्षण भएको छ।´

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend