मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

आफ्नै खर्चमा म्यानमार पुगेका डा गोबिन्द केसीले १६ दिनसम्म गरे भुकम्पका घाइतेको उपचार

आफ्नै खर्चमा म्यानमार पुगेका डा गोबिन्द केसीले १६ दिनसम्म गरे भुकम्पका घाइतेको उपचार

images
२०८२ बैशाख १५ गते, सोमवार
२०८२ बैशाख १५ गते, सोमवार
  • काठमाडौं। वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रा.डा.गोविन्द केसी म्यानमार पुगेर भूकम्पका घाइतेको उपचारमा खटिएका छन। 

    images

    २०२५ मार्च २८ तारिखका दिन म्यानमारमा गएको ७.७ म्याग्निच्युडको प्रलयकारी भूकम्पबाट क्षतिग्रस्त शहर माण्डलेमा पुगेर डा केसीले १६ दिनसम्म त्यहाँका विभिन्न अस्पतालमा रहेका घाईतेहरूको उपचारमा संलग्न रहेको उनको सचिवालयले जानकारी दिएको छ।

    images

    सचिवालयका अनुसार डा केसीले आफ्नै खर्चमा म्यानमार पुगेर स्वयंसेवक हाडजोर्नी विशेषज्ञ र मानवीय सहयोग कर्मीको हैसियतले सेवा गरेका हुन।

    सो भूकम्पबाट मुख्यतया सागाइन र माण्डले प्रदेश र म्यानमारको राजधानी नेपितोमा ठूलो मात्रामा धनजनको क्षति भएको थियो। म्यानमारको सैनिक सरकारले मृतकको संख्या करिब चार हजार भएको घोषणा गरे पनि विभिन्न गैर सरकारी स्रोतका अनुसार मृतक र पत्ता नलागेका व्यक्तिहरूको संख्या ६ हजार हाराहारी छ।

    म्यानमारको लोकतान्त्रिक आवाज नामक संस्थाका अनुसार घाइतेहरूको संख्या करिब ११ हजार छ। सामान्य र मध्यम प्रकारका घाइतेहरू जो पुन: भूकम्प जान सक्ने सम्भावना र मृत्युु हुने भयले तथाकथित सुरक्षित स्थानमा गएका तथा उपचारको बारेमा पहिला सूचना नपाएका बिरामीहरू अहिले उपचारार्थ अस्पताल आइरहेका छन्।

    डा केसीले म्यानमारको भुकम्पमा कुल घाइतेहरूको संख्या सार्वजनिक गरिएको भन्दा निकै बढी रहेको भनेका छन।

    उनका अनुसर सवैभन्दा क्षतिग्रस्त शहर मध्ये एक शहर माण्डले म्यानमारको दोस्रो ठूलो शहर हो। डा केसीले माण्डलेमा रहेको माण्डले अर्थोपेडिक (हाडजोर्नी ) अस्पताल र माण्डले जनरल अस्पताल, माण्डले म्यानमारमा १६ दिन सेवा दिएको बताएका छन।

    डा केसीले शल्यक्रिया तथा अन्य प्रकारका उपचार प्रक्रिया वार्ड राउन्ड तथा ओपिडीसहित जरूरी सेवा प्रदान गरेको जनाएका छन। यस्तै त्यहाँ उनले स्नातकोत्तर तथा स्नातक तहका मेडिकल विद्यार्थीहरूलाई प्रशिक्षणसमेत प्रदान गरिरहेका छन।

    सन् २००८ मा म्यानमारमा गएको समुद्री आँधीबेरीले धनजनको ठूलो क्षति पुर्‍याएको बेला सेवाका लागि डा केसी पहिलोपटक म्यानमार पुगेका थिए।

    उनी पहिलोपटक जस्तै यसपालि पनि नेपाली राजदुत तथा र प्रभावशाली वर्मेली चिकित्सकहरूको अथक प्रयासका बावजुद आधिकारिक अनुमति प्राप्त नगरी नै घाइते विरामीहरूलाई आवश्यक उपचार सेवा गर्न त्यहा पुगेको बताइएको छ।

    उनले म्यानमारमा रहँदाको सबै ब्यवस्थापन आफ्नै खर्चमा संचालन गरेको समेत डा केसीको सचिवालयले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend