मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

लगानी बोर्डको सङ्गठन संरचना खाका स्वीकृत

लगानी बोर्डको सङ्गठन संरचना खाका स्वीकृत

images
२०८२ बैशाख १४ गते, आइतवार
२०८२ बैशाख १४ गते, आइतवार
  • काठमाडौं। लगानी बोर्डको ६१ औं बैठकले बोर्डको रणनीति तथा व्यावसायिक योजना कार्यान्वयनका लागि आवश्यक पर्ने सङ्गठन संरचनाको खाका स्वीकृत गरेको छ।

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको बैठकले विभिन्न निर्देशनालयसहितको सङ्गठन संरचनाको खाका स्वीकृत गरेको हो।

    images

    खाकामा पाँच वर्षे रणनीतिमा ४२ परियोजनाको सम्झौता गर्दै अधिकतम १४ परियोजना निर्माण, ११ परियोजना संचालन तथा ९२ निजी लगानीका परियोजनाहरु लगानी स्वीकृत गर्ने लगायतका लक्ष्य लिएको छ।

    बैठकमा बोर्डका अध्यक्ष ओलीका साथै उपाध्यक्ष उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्का, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend