मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

आन्दोलनरत शिक्षक र सरकारबिच आज वार्ता, शिक्षक महासंघलाई सरकारको एकैदिन तीन पत्र

आन्दोलनरत शिक्षक र सरकारबिच आज वार्ता, शिक्षक महासंघलाई सरकारको एकैदिन तीन पत्र

images
२०८२ बैशाख १३ गते, शनिवार
२०८२ बैशाख १३ गते, शनिवार
  • काठमाडौं। आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच अहिले केहीबेरमा वार्ता हुँदैछ।

    images

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार राष्ट्रिय शिक्षक महासंघलाई काटेको पत्र अनुसार शनिबार बिहान ७:३० बजेका लागि वार्ताको समय तोकिएको छ।

    images

    सरकारको तर्फबाट नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र मन्त्रालयको तर्फबाट शिक्षा सचिव दिपक काफ्लेले शुक्रबार नै महासंघलाई फरकफरक पत्र काटेरै वार्तामा डाकेका थिए।

    सरकारको पत्रपछि शिक्षक महासंघको टोली वार्ताका लागि सिंहदरबारसमेत पुगेको थियो। तर सरकारले नै वार्ताका लागि २५ जनाको नाम तोकेर गेटपास पठाएपछि वार्ता भाँडिएको थियो।

    त्यसअघिसमेत शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकहरुलाई वार्ताका लागि बोलाएको थियो। वार्ताका क्रममा केही सहमतिको ड्राफ्ट पनि बनेको बताइएको थियो।

    तर सहमतिका बुँदामा प्रधानमन्त्री र अर्थमन्त्रीको सकारात्मक सहयोग नपाएपछि निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजिनामा नै दिएकी थिइन। त्यसपछि वार्ता रोकिंदै आइरहेको अवस्थामा बिहीबार सर्वोच्च अदालतले शिक्षकले उठाएका जायज माग तीन दिनभित्र सम्बोधन गर्न सरकारलाई आदेश दिएको थियो।

    सर्वोच्चको सो आदेश पछि मन्त्रालयले शिक्षकहरूलाई पुन: वार्तामा बोलाएको हो। सर्वोच्चको आदेश र मन्त्रालयको वार्ताको पत्रपछि आन्दोलन टुंगाएर विद्यालय सहज रुपमा संचालन हुने अपेक्षा गरिएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend