मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

शिक्षा मन्त्रालयले आफुखुसी २५ जनाको गेटपास पठाएपछि भाँडियो सरकार र शिक्षकबिचको वार्ता

शिक्षा मन्त्रालयले आफुखुसी २५ जनाको गेटपास पठाएपछि भाँडियो सरकार र शिक्षकबिचको वार्ता

images
२०८२ बैशाख १२ गते, शुक्रवार
२०८२ बैशाख १२ गते, शुक्रवार
  • काठमाडौ। सरकार र नेपाल राष्ट्रिय शिक्षक महासंघबिचको वार्ता भाँडिएको छ।

    images

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्तामा बोलाएपछि सिंहदरबारतर्फ लागेको वार्ता टोली गेटमा पुगेर वार्ता नगर्ने निर्णयमा पुगेको हो।

    images

    वार्ताका लागि सरकार र शिक्षक पक्ष दुबैले वार्ता टोली बनाएका थिएनन्। तर नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्त र शिक्षा मन्त्रालयका सचिव दीपक काफ्लेले शुक्रबार छुट्टाछुट्टै पत्र काटेर बोलाएपछि शिक्षक महासंघको टोली वार्ताका लागि तयार भएर सिंहदरवार हिडेको थियो।

    तर, सिंहदरबार गेटमा मन्त्रालयले आफुखुसी २५ जनाको गेटपास पठाएपछि वार्ता टोली फर्किएको थियो। मन्त्रालयले वार्ताका लागि आफैं नाम तोकेर गेटपास पठाएपछि वार्ता भाडिएको वार्ताका लागि मन्त्रालय पुगेका राष्ट्रिय शिक्षक मञ्चका अध्यक्ष कुमुदकुमार सिंहले जानकारी दिए।

    `हामी वार्ताका लागि बोलाइएपछि जाँदै थियौं, मन्त्रालयबाट नाम तोकेरै २५ जनाको गेटपास आएछ, हामीले वार्ता टोली बनाएका थिएनौ, अध्यक्ष मण्डल मात्र जाँदै थियौं, सरकार तर्फबाट नै नाम तोकेर आएपछि वार्ता भाँडियो।´ मन्त्रालय पुगेका सिंहले भने।

    मन्त्रालयमा वार्ताका लागि कुरेर बसेका मन्त्री पन्तले भने शिक्षक महासंघका तर्फबाट वार्तामा कोको बस्ने भन्ने तय नहुँदा वार्ता नभएको प्रतिक्रिया दिए।

    `शिक्षकको वार्ता टोलीमा कोको बस्ने भन्ने तय भएन, नेपाल राष्ट्रिय शिक्षक महासंघले आधिकारिक वार्ता टोली बनाएर नाम दिएपछि वार्ता हुन्छ।´ मन्त्री पन्तले संचारकर्मीहरुलाई प्रतिक्रिया दिंदै भने।

    सरकारले पठाएको २५ जनामा कोको परे?

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend