मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

अस्पतालको सेवा रोकेर आन्दोलनमा आउन चिकित्सक संघको उर्दी

अस्पतालको सेवा रोकेर आन्दोलनमा आउन चिकित्सक संघको उर्दी

images
२०८२ बैशाख ११ गते, बिहिवार
२०८२ बैशाख ११ गते, बिहिवार
  • काठमाडौं। चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले शुक्रबार देशभरका स्वास्थ्य संस्थामा सेवा ठप्प पार्ने भएको छ।

    images

    संघले बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसँग भएको छलफल बिना निष्कर्ष टुंगिएपछि शुक्रबार देशभरका अस्पतालहरुमा सेवा बन्द गर्न चिकित्सकहरुलाई आग्रह गरेको हो।

    images

    निजी मेडिकल कलेजमा कार्यरत चिकित्सकहरुलाई सरकारी सरह निर्वाह भत्ता दिनु पर्ने मागसहित चिकित्सकहरु विगत २८ दिनदेखि आन्दोलनमा छन। संघले चिकित्सकहरुले उठाएका माग सम्बोधन गर्न पटकपटक सरकारलाई अल्टिमेटमसमेत दिएको थियो। 

    तर सरकारले माग सम्बोधन गर्ने र निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता दिलाउन चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले गरेको निर्णय कार्यान्वयन गराउन सकेको छैन। सरकारले निजी मेडिकल कलेजलाई निर्णय कार्यान्वयनमा कडाइ गरन नसकेपछि चिकित्सक संघ आफैले आन्दोलनको नेतृत्व गरिरहेको छ।

    संघका अध्यक्ष अनिलविक्रम कार्कीले शुक्रबार सबै सरकारी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज, क्लिनिकलगायतमा कार्यरत चिकित्सकलाई सेवा छाडेर आन्दोलनमा ऐक्यबद्धता जनाउनका लागि आह्वान गरेका हुन।

    ‘सम्पूर्ण निजी तथा सरकारी अस्पताल, क्लिनिक, मेडिकल कलेज र प्रतिष्ठानहरुका निर्देशक, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई यो आन्दोलनमा ऐक्यबद्धता जनाई आकस्मिक तथा सघन उपचार सेवा जस्ता अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरुमा सहभागी नहुन आह्वान गर्दछौं।’ संघका अध्यक्ष डा कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

    संघले बिहीबार काठमाडौंमा स्वास्थ्य मन्त्रालय तथा देशभर जिल्ला प्रशासन कार्यालय घेराउको कार्यक्रम राखेको थियो। सो क्रममा काठमाडौंको माइतीघर मण्डलामा प्रहरी र चिकित्सकबिच धकेलाधकेल समेत भएको थियो। त्यसपछि स्वास्थ्य मन्त्री पौडेलले चिकित्सक संघका प्रतिनिधि र आवासीय चिकित्सकका प्रतिनिधिसँग छलफल गरेका थिए। तर छलफल निश्कर्ष बिहीन भएको थियो।

    स्वास्थ्यमन्त्री पौडेलले भने चिकित्सकले उठाएका माग जायज भएको भन्दै सरकार निर्वाह भत्ता चिकित्सा शिक्षा आयोगले १६ औं बैठकबाट निर्णय भए अनुसार नै लागू गर्ने गरेर लागि परेको बताएका छन। उनले स्वास्थ्य जस्तो संवेदनशील विषयलाई सेवा प्रभावित हुने गरेर निर्णय नलिन चिकित्सक संघसहित सबैमा अनुरोधसमेत गर्दै आएका छन।

    संघका अनुसार शुक्रबार पनि काठमाडौं उपत्यकामा चिकित्सकहरुले स्वास्थ्य मन्त्रालय घेराउ गर्ने र जिल्लामा जिल्ला प्रशासन कार्यालय घेराउलाई निरन्तरता दिनेछन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend