मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

विश्वभर खोप सप्ताह मनाइँदै

विश्वभर खोप सप्ताह मनाइँदै

images
२०८२ बैशाख ११ गते, बिहिवार
२०८२ बैशाख ११ गते, बिहिवार
  • काठमाडौं। आजदेखि विश्व खोप सप्ताह प्रारम्भ हुँदैछ। आजै ‘इन्टरनेशनल ग्रल्स आइसिटी डे’ पनि परेको छ। खोप सप्ताह र इन्टरनेशनल ग्रल्स आइसिटी डे संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष आयोजना हुने गरेको छ।

    images

    विश्व खोप सप्ताहको उद्देश्य आवश्यक सबै उमेरका मानिसलाई रोगबाट जोगाउनु तथा खोपको प्रयोगलाई प्रवर्द्धन गर्नु हो।  विश्व स्वास्थ्य सङ्गठनका अनुसार विगत ५० वर्षमा खोपका १५ करोड ४० लाख जीवन जोगिएको छ। शिशुको बाँच्ने अवस्थामा ४० प्रतिशतले योगदान  पुगेको तथा बचाइएका जीवनको ६० प्रतिशत हिस्सा दादुरा खोपले ओगटेको छ।

    images

    बालकदेखि वृद्धसम्मलाई रोगप्रतिरोधात्मक क्षमतायुक्त बनाउने विभिन्न खोपले औलो, इन्फ्लुएन्जा, गर्भवतीहरूलाई टिटानस  किशोरीहरूलाई एचपिभीबाट जोगाउँछ। ‘सबैका लागि खोप मानव रूपमा सम्भव छ’ नाराका साथ यो वर्ष खोप सप्ताह मनाइँदैछ।

    सूचना प्रविधिको क्षेत्रमा केटीहरूलाई पनि समान रूपमा अवसर दिनुपर्ने जोड दिँदै  समावेशी डिजिटल रूपान्तरणका लागि सूचना प्रविधिमा केटीहरू शीर्षकमा आज किर्गिस्तान र इस्लामिक गणतन्त्र मोरिटानियामा डिजिटल विकास र नवीन प्रविधिबारे भौतिक रूपमा उपस्थित भएर तथा  श्रव्यदृश्यका माध्यमबाट छलफल गरिने छ।

    अन्तर्राष्ट्रिय बहुपक्षीयता र शान्तिका लागि कूटनीति दिवस पनि आजै परेको छ। यो दिवस सन् २०१८ देखि मनाउन थालिएको हो। अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाप्रतिको प्रतिबद्धतालाई दोहोर्‍याउँदै विश्वका १४४ राष्ट्रका सरकार प्रमुख एवं प्रतिनिधिले अन्तर्राष्ट्रिय बहुपक्षीयता दिवस मनाउने प्रस्ताव गरेका थिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend