मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणसम्बन्धि रिट संयुक्त इजलासमा पठाइयो

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणसम्बन्धि रिट संयुक्त इजलासमा पठाइयो

images
२०८२ बैशाख ९ गते, मंगलवार
२०८२ बैशाख ९ गते, मंगलवार
  • काठमाडौँ। सर्वोच्च अदालतले रवि लामिछानेका तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणको रिट संयुक्त इजलासमा पठाउन आदेश दिएको छ।

    images

    गैरकानुनी थुनामा राखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेका तर्फबाट उनकी पत्नी निकिता पौडेलले आइतबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन।

    images

    सो रिटमा सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै संयुक्त इजलासमा पठाउने आदेश दिएको हो।

    उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। रुपन्देहीको सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा उनी गत चैत २२ देखि थुनामा छन।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend