मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी शर्मालाई

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी शर्मालाई

images
२०८२ बैशाख ८ गते, सोमवार
२०८२ बैशाख ८ गते, सोमवार
  • काठमाडौं। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्राडा सञ्जीवकुमार शर्मालाई दिइएको छ।

    images

    प्रधानमन्त्री तथा कुलपति स्तरीय निर्णयमार्फत प्रतिष्ठानका शिक्षाध्यक्ष रहेका शर्मालाई प्रतिष्ठानको निमित्त उपकुलपति बनाइएको हो।

    images

    निमित्त उपकुलपति नियुक्त उनले नयाँ उपकुलपति नियुक्त नहुँदासम्म प्रतिष्ठानको दैनिक प्रशासनिक, शैक्षिक तथा आर्थिक कार्य गर्ने अधिकारसहितको जिम्मेवारी पाएका छन। उनले यसअघि पनि निमित्त उपकुलपतिको जिम्मेवारी पाएका थिए।

    प्रतिष्ठानका प्रवक्ता प्राडा अन्जु प्रधानले शर्मालाई नयाँ उपकुलपति नियुक्ति नहुँदासम्मका लागि निमित्त उपकुलपतिको जिम्मेवारी प्रदान गरिएको जानकारी दिइन।

    डा ज्ञानेन्द्र गिरीको उपकुलपतिको कार्यकाल गत चैत २६ गते समाप्त भएपछि उपकुलपति पद रिक्त रहँदै आएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend