मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

प्रहरी बन्ने जाँच दिन गएका नक्कली परीक्षार्थी पक्राउ

प्रहरी बन्ने जाँच दिन गएका नक्कली परीक्षार्थी पक्राउ

images
२०८२ बैशाख ७ गते, आइतवार
२०८२ बैशाख ७ गते, आइतवार
  • काठमाडौं। प्रहरी बन्ने परीक्षा दिन गएका नक्कली परीक्षार्थी पक्राउ परेका छन।

    images

    प्रहरी जवान पदको लिखित परीक्षामा अन्य व्यक्तिका नाममा परीक्षा दिइरहेका छजनालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरु काठमाडौंको बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परीक्षामा सहभागी हुँदै थिए।

    images

    पक्राउ पर्ने नक्कली परीक्षार्थीमा दोलखाका २३ वर्षीय मोहन सुनुवार, कालीकोटका २४ वर्षीय गोपाल शाही, सुर्खेतका २२ वर्षीय मनोज शर्मा र २० वर्षीय उमेश शर्मा, दैलेखका २२ वर्षीय आकाश खड्का तथा जुम्लाका २२ वर्षीय मीन रावललाई छन।

    उनीहरू सबैलाई काठमाडौं जिल्ला अदालतबाट आइतबार म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

    प्रहरीले उनीहरूका साथबाट अर्काको फोटो टाँस गरेको सक्कल प्रवेशपत्र र नागरिकताको प्रतिलिपि बरामद गरेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend