मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

शिक्षक महासंघका पदाधिकारीसँग प्रधानमन्त्रीको छलफल, आन्दोलन के होला?

शिक्षक महासंघका पदाधिकारीसँग प्रधानमन्त्रीको छलफल, आन्दोलन के होला?

images
२०८२ बैशाख ५ गते, शुक्रवार
२०८२ बैशाख ५ गते, शुक्रवार
  • काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले १७ दिनदेखि जारी शिक्षक आन्दोलनका विषयमा नेपाल शिक्षक महासङ्घका पदाधिकारीसँग छलफल गरेका छन।

    images

    शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा नेपाल शिक्षक महासङ्घका पदाधिकारीलाई बोलाएर प्रधानमन्त्री ओलीले जारी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल गरेका हुन।

    images

    विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुुपर्ने लगायत माग राखेर महासङ्घको आह्वानमा चैत २० गतेदेखि शिक्षकहरुले काठमाडौँकेन्द्रित आन्दोलन गर्दै आइरहेका छन।

    प्रधानमन्त्री ओलीले आन्दोलनमा उठाइएका जायज मागका सम्बन्धमा गृहकार्य गरी वार्ता र संवादबाट समस्याको समाधान गर्न गत चैत २५ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईसहितलाई निर्देशन दिएका थिए। तर वार्ता र संवादबाट शिक्षक आन्दोलन फिर्ता नभएपछि प्रधानमन्त्री आफैँ छलफलमा जुटेका हुन।

    मन्त्रिपरिषद्को यही वैशाख २ गतेको बैठकले संघीय संसदमा विचचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसदको अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने र यसका लागि वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसद बैठकको आह्वान गर्ने निर्णय गरेको थियो।

    मन्त्रिपरिषद्को सोही बैठकले महासंघले उठाएका मागहरुको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेकाले विद्यालय भर्ना अभियान, एसइइको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षालाई ध्यान दिइ आन्दोलन फिर्ता गरी विद्यालय फर्कन शिक्षकहरुलाई आह्वान गरेको थियो।

    प्रधानमन्त्रीसँगको छलफलमा सहभागी शिक्षक महासंघका एक पदाधिकारीका अनुसार प्रधानमन्त्री ओलीले मागका सवालमा सकारात्मक रहेको र संसद सुचारु भएपछि सरकारले निर्णय लिने भन्दै अवस्था बुझिदिन आग्रह गरेको बताए।

    शिक्षक पदाधिकारीहरुले भने माग पूरा नभएसम्म आन्दोलन जारी रहने जवाफ दिएको बताएका छन।

    छलफलमा महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहाचिव मदनराज जोशी सहभागी थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend