मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

शनिबार र आइतबार बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

शनिबार र आइतबार बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

images
२०८२ बैशाख ५ गते, शुक्रवार
२०८२ बैशाख ५ गते, शुक्रवार
  • काठमाडौं। शनिबार र आइतबार देशभर ६ महिना देखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ।

    images

    राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिना देखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको हो।

    images

    यस कार्यक्रम अन्तर्गत पाँच वर्षमुनिका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने सर्कारको लक्ष्य छ।

    यस्तै ६ महिनाभन्दा माथिका बालबालिकालाई पोषणयुक्त आहारका रुपमा रहेको ‘बाल भिटा’ दिइनेछ भने खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिकासमेत खोप प्रदान गरिने कार्यक्रम छ।

    स्वास्थ्य सेवा बिभागका अनुसार आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिने छ।

    ७५३ वटै स्थानीय तहलेसमेत पायक पर्ने ठाउँ स्कुल, स्वास्थ्य चौकी वा सामुदायिक भवनमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिने गरि आवश्यक तयारी गर्ने गरि समन्वय गरिरहेको बिभाग बताउँछ।

    भिटामिन ‘ए’ को कमीले बालबालिकाको वृद्धि विकासमा असर, रतन्धो, कुपोषण, दीर्घरोग, रोगविरुद्ध लड्ने क्षमतामा कमी जस्ता समस्या हुने गरेको छ।

    अभियानमा देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गरिने छ। हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते देशैभर यो कार्यक्रम संचालन गर्ने गरिएको छ।

    बालबालिकामा हुनसक्ने स्वास्थ्य सम्बन्धि जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। जुकाको औषधि भने २०५६ बाट खुवाउन सुरु गरिएको थियो।
     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend