मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

चैत्र महिनामा सेवा थप तथा विस्तार गर्ने यी हुन १२ संघीय अस्पताल, केके थपियो?

चैत्र महिनामा सेवा थप तथा विस्तार गर्ने यी हुन १२ संघीय अस्पताल, केके थपियो?

images
२०८२ बैशाख ४ गते, बिहिवार
२०८२ बैशाख ४ गते, बिहिवार
  • काठमाडौं। देशका १२ वटा विभिन्न संघीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन्। यसरी सेवा थप तथा विस्तार गर्नेमा काठमाडौंको वीर र पाटन अस्पतालदेखि नेपालगन्जको भेरी अस्पतालसम्म छन।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सेवा थप तथा विस्तारका लागि गरेको निर्देशन अनुसार मन्त्रालयले गत चैत्र पहिलो साता संघीय अस्पतालमा सेवा थप तथा विस्तार गर्ने तालिका सार्वजनिक गरेकोमा १२ वटा अस्पतालले सेवा थप तथा विस्तार गरेको मन्त्रालय बताउँछ।

    images

    मन्त्रालयबाट प्राप्त जानकारी अनुसार वीर अस्पतालले पाठेघरको मुखको क्यान्सरविरुद्ध काठमाडौं महानगरसँगको सहकार्यमा निःशुल्क शिविर सञ्चालन गरिरहेको छ। यस्तै ट्रमा सेन्टरले सीटीस्क्यान तथा एक्सरेमा फिल्म हटाएर डिजिटल रिपोर्ट प्रदान गर्न थालेको छ।

    यसैगरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले न्युरोलोजी सेवामा इलेक्ट्रोमायोग्राफी र स्नायु सञ्चालन परीक्षण एनसीभी शुरु गरेको छ।

    यस्तै कान्ति बाल अस्पतालले बालबालिकाका लागि हेमोडाइलासिस सेवा शुरु गरेको छ भने परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले कुपण्डोल शाखामा सिमुलेसन प्रयोगशाला तथा बर्न युनिट विस्तार गरेर सेव सुरु गरेको छ।

    तनहुँको दुलेगौंडास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रले हेमोडाइलासिस सेवा शुरु गरेको छ भने भक्तपुर क्यान्सर अस्पतालले मुटुको इको तथा पिएफटी सेवा आरम्भ गरेको छ।

    यसैगरी कोशी अस्पताल विराटनगरले निःसन्तान उपचार सेवा आइभीएफ शुरु गरेको छ भने डडेलधुरा अस्पतालले एकै स्थानबाट प्रयोगशाला नमूना लिने गरी एकीकृत ल्याब नमूना संकलन शुरु गरेको छ।

    यस्तै वीरगञ्जको नारायणी अस्पतालले एनआइसीयुमा विद्युतीय चिकित्सा प्रतिवेदन इएमआर लागु गरेको छ भने हिस्टोप्याथोलोजी, अडियोग्राम तथा कोलोप्सोकोपी र क्रियोथेरापी सेवा एकैसाथ शुरु गरेको छ।

    भेरी अस्पताल नेपालगञ्जले चैत्र महिनाभित्र आइसीयुमा दुई शैय्या तथा बर्न वार्डमा दुई समेत थप गरी आठ शैय्या विस्तार गरेको छ।

    चैत्रभित्रै एमसिएच भवन तथा ल्याब मेसिन थप्ने बताएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्यान ल्याब स्थापना गर्ने बताएको भरतपुर अस्पतालले भने सेवा शुरु गर्न सकेका छैनन्। ती दुवै अस्पतालले चाँडै सेवा थप्ने जानकारी मन्त्रालयलाई गराएका छन।

    यसअघि स्वास्थ्य सचिव डा. विकास देवकोटाले संघीय अस्पतालमा तालिकाअनुसार काम सम्पन्न गर्न निर्देशन दिएका थिए। चैत्र महिनाभित्र प्राप्त विवरणअनुसार अधिकांशले तोकिएको समयभित्र सेवा विस्तार गरेको पाइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend