मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कांग्रेसले सरकार छाड्न लागेको हो?

कांग्रेसले सरकार छाड्न लागेको हो?

images
२०८२ बैशाख ४ गते, बिहिवार
२०८२ बैशाख ४ गते, बिहिवार
  • काठमाडौं। पछिल्लो समय सरकार फेरबदल हुन्छ कि भन्ने आशंकाले नेपाली राजनीतिलाई तरंगित बनाइरहेको छ।  एकातिर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ ले कांग्रेस नेतृत्वमा सरकार बन्न सक्ने `इशारा´ गर्नु र अर्का तिर `पात हल्लिनु´ ले सरकारमा गडबडीको संकेत गर्दै छ।

    images

    सरकारलाई कांग्रेसको समर्थन टुट्ने बित्तिकै गर्लम्मै जाने निश्चित छ। कुलमान प्रकरण, शिक्षक आन्दोलन, गभर्नर नियुक्ति र नेपाल प्रहरीमा रिक्त एआइजी सिफारिसको विषयमा कांग्रेस वरिष्ठ नेता डा शेखर कोइराला तथा महामन्त्री गगन थापा सरकारसँग सन्तुष्ट छैनन।

    images

    सभापति शेरबहादुर देउवालेसमेत सरकारको पर्फर्मेन्स रुचाएका छैनन। तर पत्नी आरजु राणा देउवा सरकारमै भएकाले सभापति तत्काल सरकारबाट हात झिक्ने सोचमा पनि छैनन।

    `सरकारको काममा प्रश्न छ, तर अहिले नै काँधै फेर्ने कुरा चाहिँ छैन, महामन्त्रीहरुबाट सरकारको विषयलाई लिएर प्रष्ट दबाब छ, शेखर डाक्टर साब पनि सरकारको काममा सन्तुष्ट हुनुहुन्न,´ कांग्रेसका एक नेताले भने,`आरजु जी सरकारमा हुँदा सभापति जीलाई पनि सरकार फेरबदल गरिहाल्न सहज छैन।´

    कांग्रेसले सरकारका कामकारबाहीका विषयमा बिहीबार पदाधिकारी, पुर्व पदाधिकारी तथा मन्त्रीहरुलाई बोलाएर पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा छलफल गरेको थियो। सो छलफलका क्रममासमेत पर्फर्मेन्सका विषयमा प्रश्न उठेको छ। तर सरकारको निरन्तरताको विषयमा भने कुनै समस्या नरहेको नेताहरूको भनाइ छ।

    पुर्व महामन्त्रीसमेत रहेका नेता कृष्णप्रसाद सिटौलाले बाहिर हल्ला भए जस्तो सरकार फेरबदल बारे कुनै कुराकानी नभएको बताए।

    `बाहिर जे कुराहरु आएका छन, त्यस्तो केही विषयमा बैठक केन्द्रित छैन, बैठकमा सरकार फेरबदल बारे छलफल भएको छैन,´ नेता सिटौलाले भने।

    कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले बैठकमा सरकारका परफर्मेन्सका बिषयमा कुरा उठेको जानकारी दिए।

    `सरकारका काम, पर्फर्मेन्स लगायतका विषयमा बैठकमा छलफल भयो, केही नियुक्ति, सरुवा र बढुवाका विषयमा पनि कुरा आए, डेलिभरीलाई बढाउने गरेर काम गर्नु पर्ने राय आएको छ,´ कांग्रेस प्रवक्ता डा महतले भने।

    बैठकमा केही नेताहरुले भने प्रधानमन्त्री केपी शर्मा ओलीले निर्णयहरूमा एकलौटी गरेर दबाब दिने गरेको गुनासो पोखेका थिए। ती नेताहरुले आफ्नो हैसियत नै नहुने अवस्थामा सरकारमा रहनुको कुनै तुक नहुने भन्दै कम्फर्टेबल पोजिसन नपाएको गुनासो गरेका थिए।

    तर सभापति देउवाले भने सबै कुरामा प्रधानमन्त्री ओलीसँग सल्लाह गरिएको र मिलेरै जाने विषयमा सकारात्मक प्रतिक्रिया आएको सुनाएका थिए। देउवाले नियुक्ति, सरुवा तथा बढुवा पनि सन्तुलन मिलाएरै हुनेमा नेताहरूलाई आश्वासन दिएका छन।

    केही दिनयता नेता डा शेखर कोइराला र महामन्त्री थापा लगायतका नेताहरूले सरकारको कार्यशैलीलाई लिएर आलोचना गर्दै आइरहेका छन। 

    महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले शिक्षक आन्दोलनलाई सरकारले सम्बोधन नगरेको भन्दै पार्टी केन्द्रीय कार्यालयमा शिक्षकहरुलाई बोलाएरै छलफल गरेका थिए।

    यस्तै महामन्त्री थापा र शर्माले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउँदा सार्वजनिक रुपमा नै असन्तुष्टी पोखेका थिए। यस्तै डा शेखर कोइरालालेसमेत त्यसबखत सरकारले ठिक नगरेको प्रतिक्रिया दिएका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend