मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कांग्रेसमा गुटगत किचलो : नेपाल महिला संघका २० केन्द्रीय सदस्यको राजीनामा

कांग्रेसमा गुटगत किचलो : नेपाल महिला संघका २० केन्द्रीय सदस्यको राजीनामा

images
२०८२ बैशाख ३ गते, बुधवार
२०८२ बैशाख ३ गते, बुधवार
  • काठमाडौं। नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघमा गुटगत किचलोका कारण २० जना केन्द्रीय सदस्यले एकसाथ राजिनामा दिएका छन।

    images

    संस्थापन पक्षले संगठन भित्र देखिएको विवाद मिलाउन पटकपटक आग्रह गर्दा पनि नसुनेको भन्दै बुधबार २० जना केन्द्रीय सदस्यले सामुहिक राजिनामा दिएको जनाएका छन। राजिनामा कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाइएको छ।

    images

    राजिनामा दिने केन्द्रीय सदस्यहरू कांग्रेसको संस्थापन इतर पक्षका नेता डा शेखर कोइराला र महामन्त्री गगन थापा निकट रहेका छन।

    राजीनामा दिने केन्द्रीय सदस्यहरूमा चन्द्रादेवी जोशी, रिता शाही, छायाँ सुनार, डा.अमिता प्रधान शाक्य, उमा शिवाकोटी, रञ्जिता गिरी, डा.सिता घिमिरे, तारा थपलिया, सुस्मा तिवारी, लक्ष्मी बाराकोटी, नवोदिता चौधरी, भगवती केसी, मिरादेवी चन्द, पार्वती चन्द, गीता गुरुङ, रमा अर्याल, लिलाकुमारी नेपाल, राधा कुँवर, सुनिशा भेटवाल र पार्वती आचार्यलगायत छन्।

    यसअघि उनीहरूले नेतृत्व समक्ष चारबुँदे माग राख्दै माग पूरा नभए सामूहिक राजीनामा दिने चेतावनी दिएका थिए।

    उनीहरूले पार्टी सभापति शेरबहादुर देउवालाईसमेत चैत २१ गते ‘नेपाल महिला संघको अध्यक्षको मनपरी अन्त्य गरी विधिसम्मत अधिवेशन गर्ने वातावरण गरिपाउँ भन्दै ज्ञापन पत्र’ बुझाएका थिए।

    पत्रमा महिला संघकी तदर्थ समिति संयोजक उषा मिश्र राउतले मनोमानी गरेको भन्दै चारबुँदे माग राखेकी थिइन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend